मरिसकेका व्यक्तिलाई ज्युँदो बनाएर जग्गा कीर्ते गर्नेहरु जेल


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २०

धरानः मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गर्ने अन्ततः जेल चलान भएका छन् ।
१० जनामध्ये केहीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश आएको हो । जिल्ला अदालत झापाले आइतबार सातजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्देशन दिएको छ । अदालतको आदेश अनुसार उनीहरुलाई कारागार कार्यालय, चन्द्रागढी लगिएको प्रहरीले जानकारी दिएको छ ।
जेल चलान हुनेहरुमा झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, ५२ वर्षीय नवीन कोइराला, ३७ वर्षीय बलराम विश्वकर्मा, लेखनाथ खनाल, गोविन्द वान्तवा (मिलन), ७१ वर्षीय देवीप्रसाद पाण्डे, ३३ वर्षीय रञ्जु राई रहेका छन् । नवीन कोइराला नापी कार्यालयका पूर्व कर्मचारी हुन् । त्यस्तै, भुपेदेव कटुवाल नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी भएको खुलेको छ ।
त्यस्तै, ५० वर्षीय लीलाधर राजवंशी, भुपदेव कटुवाललाई १ लाख ५० हजार धरौटी रकम मागेको थियो। तर रकम बुझाउन नसकेकाले उनीहरुलाई पनि कारागार पठाइको छ । मोरङका ४८ वर्षीय राजन विश्वकर्मा ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
यस्तै, अन्य ६ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । फरार हुनेहरूमा भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका तत्कालीन नायव सुब्बा हरि तिवारी लगायत रहेका छन् ।
उनीहरूले झापा बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको टुंग बहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा कीर्ते गरेर ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई गत असोज २८ गते मङ्गलसिंह राजवंशीको नाममा वारेशनामा बनाएको र सो वारेशनामामार्फत् झापा बिर्तामोडका रञ्जु राईको नाममा राजीनामा पास गरेको खुलेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप