जेठमा एसइई परीक्षा: होला कि नहोला ? थालियो आन्तरिक तयारी


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २०

धरानः निषेधाज्ञा र बन्दाबन्दीले जेठ महिनासम्म पुरयाइएको शैक्षिक सत्र लम्बिने वा सोही कायम हुने अहिले पनि अन्योल छ ।
शिक्षा मन्त्रालयले विद्यालयले सञ्चालन गर्ने आन्तरिक मूल्याङ्कनलाई आधार मानेर विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । राष्ट्रियस्तरमा गर्नुपर्नेबाहेक अन्य कक्षाको परीक्षा विद्यालयले नै बैधता र विश्वसनीयता राख्दै कक्षोन्नति गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. दीपक शर्मा बताए ।
भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा–८ को परीक्षाका लागि सम्बन्धित स्थानीय तहको सहकार्यमा विद्यालय आफैले निर्णय लिन सक्नेछन् ।
राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसइई परीक्षा र जेठ २६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गर्दै आन्तरिक तयारी गरिरहेको छ । स्थिति मूल्याङ्कन गरी बैशाख मसान्तसम्ममा पूर्व निर्धारित परीक्षा गर्ने वा नगर्ने निर्णय लिने तयारीमा मन्त्रालय छ ।
यस वर्षदेखि नयाँ पाठ्यक्रम लागू भएकाले प्रश्नको तरिकाका बारेमा पनि शिक्षकहरूलाई सहजीकरण गराउने तथा नमूना प्रश्नपत्र समेत सार्वजनिक गर्ने तयारीमा बोर्ड छ । एक शैक्षिक सत्रमा विद्यार्थीले आफू रहेको कक्षामा सिक्नुपर्ने न्यूनतम कुरा सिकेको निक्र्योल गरी माथिल्लो कक्षामा चढाइ कक्षोन्नति गर्ने बाटोमा विद्यालय छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप