ताप्लेजुङका लागि पूर्वमन्त्री योगेशले मागे दुई करोड


  • दिलकुमार लिम्बू
  • २०७८ वैशाख १९

फुङलिङः पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङमा तीब्ररुपमा बढ्दै गएको कोभिड–१९ को संक्रमणको अवस्थालाई दृष्टिगत गरी सरकारसमक्ष सहयोगको मागेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई आइतबार भेट गर्दै भट्टराईले संक्रमण रोकथाम तथा नियन्त्रणमा दुई करोड रुपैयाँ सहयोग मागेका हुन् ।
कम्तीमा अक्सिजन सुविधासहित एक सय बेडको आइसोलेसन केन्द्र निर्माण र अत्यावश्यक कामका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई तत्काल दुई करोड रुपैयाँ निकासा गर्नुपर्ने माग गरिएको छ । थप जनशक्ति र अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरे ।
पछिल्लो समय ताप्लेजुङमा संक्रमण दर तीब्र रुपमा बढ्दै गएको र हालसम्म तीन जनाको संक्रमणकै कारण मृत्युसमेत भएको अवस्थाबारे मन्त्री त्रिपाठीलाई अवगत गराउँदै पूर्वमन्त्री भट्टराईले जिल्लाका लागि सहयोन गर्न अनुरोध गरे ।
मन्त्री त्रिपाठीलाई लिखित मागपत्र बुझाउँदै भट्टराईले जिल्लामै पीसीआर परीक्षण गर्ने व्यवस्थाका लागि पीसीआर मेशिन र आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गरे । ताप्लेजुङमा आइतबारसम्ममा कोभिड संक्रमित संख्या ३० जना संक्रमित रहेका छन् । भट्टराईले ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यसमेत हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप