ताप्लेजुङमा वार्षिक परीक्षाको चटारो

सोमबारदेखि बजार बन्द गर्ने निर्णय


  • दिलकुमार लिम्बू
  • २०७८ वैशाख १९

फुङलिङः ताप्लेजुङमा शैक्षिक संस्थाहरु वार्षिक परीक्षा सक्न लागिपरेका छन् । अहिले ताप्लेजुङमा यसको चटारो छ । दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढ्दै गएसँगै शैक्षिक क्षेत्र प्रभावित हुने भएपछि हतार–हतारमा वार्षिक परीक्षा सञ्चालन गर्न थालेको हो ।
गत वर्षमा पनि कोभिड–१९ कारणले वार्षिक परीक्षा प्रभावित भएकाले यो वर्षको वार्षिक परीक्षा प्रभवित हुने भएपछि त्राससँगै परीक्षा सञ्चालन गर्न लागेको हो । कोभिड–१९ को दोस्रो लहर शुरु भएसँगै ताप्लेजुङको सबै स्थानीय तहहरुले वार्षिक परीक्षा सञ्चालन गर्न गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख योगश्वर भट्टराईले बताए ।
गत १२ बैशाखमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ताप्लेजुङले गरेको निर्णयअनुसार २५ वैशाखसम्ममा सबै गाउँपालिकाका विद्यालयले वार्षिक परीक्षा गरिसक्नुपर्ने निर्णय भएसँगै ताप्लेजुङका सबै शैक्षिक संस्थाहरुले परीक्षा सञ्चालन गर्न चटारो लागेको फक्ताङलुङ गाउँपालिकाका महेन्द्र आधारभूत विद्यालयका शिक्षक विवश केदेमले बताए ।
फुङलिङ नगरपालिकाभित्रका विद्यालयहरुले शुक्रबारदेखि वार्षिक परीक्षा सञ्चालन गरिनेछ । परीक्षा छिटो भन्दा छिटो सक्न शनिबार पनि परीक्षा सञ्चालन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकामा १९ बैशाखदेखि २५ गतेसम्ममा परीक्षा सम्पन्न हुने फक्तालुङ गाउँपालिका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले बताए । फुङलिङ नगरपालिकासहित ९ स्थानीय तहले आगामी २४ वैशाखसम्ममा सबै स्थानीय तहमा सञ्चालनमा रहेको शैक्षिक संस्थाहरुले वार्षिक सम्पन्न हुने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख भट्टराईले बताए ।
ताप्लेजुङ जिल्लामा सामुदायिक विद्यालय ३३१ सञ्चालनमा छन् । यहाँका विद्यालयमा ३३ हजार ९७५ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्कमा उल्लेख छ । ३ जना संक्रमितको मृत्यु भइसकेको छ भने ३० जना संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दिनप्रतिदन कोभिड–१९को संक्रमण बढ्दै गएपछि फुङ्लिङ बजारका व्यापारीहरुले आफ्ै पसल बन्द गर्न थालेका छन् । सोमबारदेखि एक हप्ताका लागि बजार बन्द गर्ने निर्णय भएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप