बच्चा चोर्दाचोर्दै च्याप्पै

बोरामा हाल्न खोज्दाखोज्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरे


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १९

बिर्तामोडः भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका–८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए ।
घरछेउको बाटोनजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए । त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ । ती व्यक्तिको पहिचान खुल्नै नसकेको प्रहरीले जनाएको छ । ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘तर उनको पहिचान खुल्दै सकेको छैन ।’
उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ । ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ ।’
यता, स्थानीयबासी ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप