संस्कारसहितको सीपयुक्त शिक्षा दिने इटहरीको आरटीआरके स्कुलमा सेफ कम्पिटिसन

चखाए मलेसियन, चाइनिजदेखि राँगाको ग्रेभीको साथमा खाना


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख १९

धरानः इटहरीको आरटी आरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजमले सेफ कम्पिटिसनको आयोजना गरेको छ ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको मापदण्डमा रही कम्पिटिसनको आयोजना भएको हो । पहिलो चराणको कम्पिटिसनमा सहभागीहरु टिकाराम चौधरी, समिर लिम्बू र शैलेन्द्र राईले भाग लिएका थिए ।
प्रतियोगी सैलेन्द्र राईले राँगाको मासु ग्रेभीको साथमा खाना र सलाद गरी मेन कोर्षको रुपमा तयार गरेका थिए । अर्का प्रतियोगी टिकाराम चौधरीले मलेसियन स्टायल नासी गोरेङ ममक तयार गरेका थिए भने समिर लिम्बूले इन्डो चाइनिज स्टाटरका रुपमा चिकेन चिल्ली तयार गरी पस्किएका थिए । कम्पिटिसनका निर्णायकमा कर्पोरेट माष्टरसेफ साइकुमार शर्मा, आरटिआरकेका एमडी, फाउन्डर सेफ प्रेम तुम्बापो, सेफ तोम खनाल रहेका थिए ।
निर्णयकहरुले खानाको लुक, टेष्ट , टेक्स्चर, स्मेल, कुकिङ टेक्निक, हाइजिन ओभरलरुपमा निर्णय गरेका थिए । जसमा बिजेता सैलेन्द्र राई घोषित भएका थिए । उनलाई मेडल, प्रमाणपत्रसहित खादा ओढाइ सम्मान गरिएको थियो । प्रतिसप्रधी सहभागी समिर र टिकारामलाई पनि खादा ओढाइ प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कर्पोरेट मास्टरसेफ साइकुमार शर्माद्वारा वल्र्ड सेफ चोइज फेडेरेशन इन्टरनेशनल सम्मान पत्रले आरटीआरके कलिनरी विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
फाउन्डर सेफ प्रेम तुम्बापोले यस्ता प्रतिस्पर्धात्मक क्रियाकलापले विद्यार्थीहरुमा स्किल डेभलप हुनुका साथै ब्यक्तित्व विकास र नेशनल इन्टरनेशन्लरुपमा आफूलाई एक्स्पोज हुन टेवा पुग्ने बताए ।
संस्कारसहितको सीपयुक्त शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ जीवन उपयोगीसीपका माध्यमबाट युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले २०६८ सालदेखि इटहरीमा नेपाल सरकार तथा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीइभीटी ) को सम्बन्धनमा आरटीआरकेले होटल इण्डष्ट्री तथा टुरिजम इन्डष्ट्रीसँग सम्बन्धित तालिमहरु सञ्चालन साथै टुरिजममा आधारित क्रियाकलाप गर्दै आइरहेको छ ।
आरटीआरकेले छोटा अवधिका तालिमहरु ३ महिने जनरल कुक, ६ महिने कमर्सियल कुक एन्ड बेकरी, वेटर वेट्रेस, बेकरी, बार टेन्डर, स्पेसल सुसी तथा नान तन्दुरी, हाउस्किपिङ तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय विश्व विद्यालयसँग टेक्निकल कोलाब्रेट गरी डिप्लोमा तहका प्रोफेशनल डिप्लोमा इन होटल म्यानेजमेन्ट र प्रोफेशनल डिप्लोमा इन कलिनरी आर्टस समेत सञ्चालन भइरहेको फाउन्डर तुम्बापोले जानकारी दिए । विद्यार्थीले तालिमपश्चात स्वदेश तथा विदेशका ५ स्टार प्रोपर्टीमा इन्टर्न र जब प्लेस्मेन्टको मौकाहरु पनि पाइरहेको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप