लघुकथा

मनको उचाइ


  • नानि भारद्वज
  • २०७८ वैशाख १९

‘पक्कै पनि तैले त उस् जन्ममा पाप नै गरेकी हुनाले यस जुनीमा भोग्दैछेस् ।’
यसरी उसलाई घर र पर जसले पनि हेपेर बोल्ने गर्थे । ऊ आमाको गर्भबाटै एक फरक शारीरिक स्वरुपकी भई जन्मेकी थिई । पण्डितले न्वारानमा राखिदिएको नाम श्रद्धा थियो तर उसलाई सबैले फुच्ची भनी बोलाउँथे । ऊ सानी छउन्जेल त उसलाई त्यति वास्ता लाग्दैनथ्यो तर अलिक ठूली बाह्र, तेह्र वर्षकी भएपछि उसलाई अरुले हेपेर ‘फुच्ची’ भनेको कुराले उस्को मन असाध्यै दुख्ने गथ्र्यो । उस्को सबैभन्दा नजिकको नाता आमाबुबाले सानी हुञ्जेल त माया नै गर्थे जब ऊ फरक शारीरिक स्वरुपकी हो, भन्ने थाहा पाएपछि हेला होचो गर्न थाले ।
‘पहिला त छोरी त्यस्मा पनि होची, यस्को बिहे पनि नहुने न त घरमा कुनै काम नै दिने, खानकी काल, भन्दै घरका आमाबुबा, दिदी, दाजुभाइ सबैले हेप्ने गर्थे । छरछिमेक वर परका त कुरै छोड्दिम् उसका दौंतर, विद्यालयका शिक्षक शिक्षिका सबैले उसलाई यसरी नै हेपेरै व्यवहार गर्ने गर्थे ।’
श्रद्धा अहिले २० वर्ष नाघी । सबैका यस्ता दुव्र्यवहारबाट विरक्तिएर एकान्तमा बसी एक्लै रुने गर्थी, कहिलेकाहीँ त मान्छेहरुको यो दुव्र्यवहार खप्न नसकेर ‘आत्महत्या पो गरौं कि ।’ भनेर पनि सोच्ने गर्थी । तर उसलाई ‘मर्नु भन्दा बहुलाउनु निको’ भन्ने उखानले झस्काउँथ्यो र त्यसो गरीहाल्ने आँट चै गर्दिन थिई ।
श्रद्धाका बाउ निक्कै सिकिस्त भए । डाक्टरले उनको किड्नी फेल भएको जानकारी दिए । घरमा रुवाबासी चल्यो, छरछिमेक सबै दुखित भए । श्रद्धाकी आमाले डाक्टर सँग गुहार माग्दै भनिन्, ‘लौन हजुर के गरी बचाउन सकिन्छ जुक्ति लगाइदिम हजुर ।’
‘यदि तपाई आफ्नो किड्नी दिन सक्नुहुन्छ भने उहाँ बाँच्नुहुन्छ ।’ श्रद्धाकी आमालाई किड्नी दिन गाह्रो भयो किनकि उनले किड्नी दिँदादिँदै बूढो पनि मरिहाल्यो भने आफू पनि एउटा किड्नीले अशक्त भई बालबच्चा कसरी हुर्काउने ? भन्ने ठानिन् । आफ्ना नातागोताका कोहीपनि अघि सरेनन् ।
यहाँसम्म कि यस्तो दुःखद् परिस्थिति मा पुगेको श्रद्धाको परिवारका सदस्यहरु पनि मरिन्छ भन्ने डरले कसैले पनि अंगदान गर्न चाहेनन् ।
आमा ! यदि मेरो किड्नीले बाबा बाँच्नुहुन्छ भने म दिन तयार छु ! फुच्चीको यस्तो अग्लो र सङ्लो मन देखेर आमाले उसलाई अंगालोमा बेरेर भनिन्, ‘मेरी महान छोरी !’
जन्मदा होची भई जन्मेतापनि उसको मनको उचाई देखेर सबैले उसलाई अब माया गरेर श्रद्धा …! भनी बोलाउन थाले ।
-ललितपुर, इमेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप