धरानका सटर हेर्दाहेर्दै बन्द भयो

स्थलगत: धरानमा ओलीको टोली हिँडेपछि... ११ बजेपछि प्रहरी आफैं पुगेर सिटी फुकेपछि धमाधम सटर बन्द (१३ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख १८

धरानः धरान ११ बजेसम्म खुल्लै थियो । बजार, यातायात साथै मानिसको पनि चहलपहल थियो तर ११ बजेपछि प्रहरी आएर सिटी फुकेपछि व्यवसायीले सटर तान्न थालेका थिए ।
इलाका प्रहरी कार्यालय धरानको टोली, धरान उपमहानगरपालिकाका प्रहरी लागेपछि सब्जीमण्डीलगायत मुख्य बजारका सटरहरु तानिएका थिए । अहिले धरानका मुख्य सडक खण्डका पसल बन्द छन् । साथै भित्री सडकमा सञ्चालित पसल केही खुल्ला छन् । खासमा जिल्ला प्रशासन कार्यालयले धरानमा बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली प्रशासनले ११ बजेसम्म पसल सञ्चालन गर्न दिने भनिएको तर धरानमा ११ बजेपछि पनि पसल सञ्चालन भइरहेको पाइएकोले बन्द गराउँदै र पसल बन्द गर्न अनुरोध गर्दै हिँडेको बताए ।
११ बजेपछि धरान प्रायः सुनसानझैं बनेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप