दोस्रोपटक पनि स्थगित

धरानमा आयोजना भएको मिस स्टेट र सिङ्गीङ स्टार अन्तिम अवस्थामा आएर दोस्रोपटक पनि स्थगित


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख १७

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको सिङ्गीङ स्टार र मिस प्रदेश १ को आठौं र तेस्रो संस्करणको फाइनल चरण यस वर्ष पनि रोकिएको छ ।
अघिल्लो वर्ष पनि कोरोना कहरले रोकिएको प्रतियोगिता यस वर्ष पनि स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष गायक भक्तिराज राईले जानकारी दिए ।
फाइनल जेठ १ गते गर्ने भनिएको तर रोकिएको हो । फाइनलिष्टहरू बन्द प्रशिक्षणमै रहेको र निषेधाज्ञालगायतको खबरले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रतियोगिता स्थगित गरिएको उनले जानकारी दिए । ‘खासमा अघिल्लो वर्ष रोकिएकै प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको हो तर कोरोनाको दोस्रो लहरका कारण फेरि प्रतियोगिता रोकिन गएको छ, यसप्रति क्षमाप्रार्थी छौं’, उनले भने, ‘अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रतियोगिता रोकिएको हो, सहज भएपछि प्रतियोगिता सुचारु हुनेछ ।’
वैशाखको अन्तिम साता गरिने तयारी भएको छ । गायनतर्फ भोजपुर, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, पाँचथरका प्रतिस्पर्धी छन् । उनका अनुसार बबिता गुरुङ, अर्जुन राई, अजुमा राई, निशा खपाङ्गी, रिजन लोहोनी, अर्जुन राई, पवित्रा राई, कल्पना तामाङ, अनुष्का ढकाल र सन्तोष लिम्बू टप १० का फाइनलिष्ट हुन् ।
सिङ्गीङमा टप १० छन् भने मिस प्रदेशमा ११ जना प्रतिस्पर्धी छन् । गायन विजेतालाई नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक वर्ष निःशुल्क संगीत प्रशिक्षण, एक थान गिटार र म्युजिक भिडियोको पनि अवसर दिइनेछ ।

दोस्रोले २५ हजार, एउटा गीत रेकर्ड र ६ महिनासम्म निःशुल्क सङ्गीत कक्षा, त्यस्तै तेस्रोले नगद १५ हजार रुपैयाँ ३ महिने निःशुल्क सङ्गीत कक्षा र एउटा गीत रेकर्डको अवसर पाउनेछन् । साथै व्यक्तिगततर्फ बेष्ट भोकल, बेष्ट डिसिप्लिन, बेष्ट पर्फमेन्स, बेष्ट पब्लिक च्वाइसलाई पनि पुरस्कृत गरिने छ ।
त्यस्तै, मिस प्रदेशमा भने मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, उदयपुर र संखुवासभाका प्रतिस्पर्धी छन् । मिस प्रदेशमा झरना लिम्बू, लेश्नी लिम्बू, अम्बिका राई, हाङ्मा लिम्बू, स्वेता भुजेल, मिश्र राई, सविना राई, लक्ष्मी मगर, दुर्गा श्रेष्ठ, जमुना लिम्बू, रचना लिम्बू फाइलन पुगेका थिए ।
मिस स्टेट विजेताले होण्डा कम्पनीको डिओ स्कुटीसहित क्राउन, म्युजिक भिडियोमा अवसर र बिबिएस अध्ययनमा पूर्ण छात्रवृत्ति दिइनेछ । त्यस्तै दोस्रोले ५० हजार रुपैयाँ, बिबिएस अध्ययनमा ५० प्रतिशत छुट पाउनेछन् ।
साथै तेस्रोले २५ हजार रुपैयाँसहित बिबिएस अध्ययनमा ३० प्रतिशत छुट पाउने जनाइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप