गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १५

धरानः गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ।
प्रशान्त स्वयंमले आमाको निधन भएको कुरा आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो, तर कहिले निधन भएको भन्नेबारे भने प्रशान्तले खुलाएका छैनन्। उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।
‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए। त्यसपछि भने उनले आधा दर्जन नेपाली चलचित्रमा काम गरेका छन् ।
नारायण रायमाझीकै निर्देशनमा बनेको अर्को ‘परदेशी’ का पनि उनले काम गरेका छन्। प्रशान्तको यो हिट चलचित्र पनि हो। त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयारीका रहेको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप