त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा अर्को सूचना नआउन्जेलसम्म स्थगित


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १३

धरानः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने,‘भोलिबाट परीक्षा हुँदैन,यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं।’
एकसाता अघिबाट मानविकी,व्यवस्थापन,शिक्षा संकायको वार्षिक परीक्षा सञ्चालन हुँदै आएको थियो। काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार रातिबाट निषेधाज्ञा जारी गर्ने निर्णय पनि गरेको छ। विज्ञप्तिमा स्नातक र स्नातकोत्तर तहका वार्षिक तथा सेमेस्टर प्रणालीबाट लिइने सबै परीक्षा १४ वैशाखदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको उलेख छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आइतबार भौतिक रूपमा हुने सबै शैक्षिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप