‘किन होला’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १२

धरानः अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘किन होला’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतलाई प्रसिद्ध संगीतकर्मी तथा गायक सुरेशकुमार क्षेत्रीले संगीतबद्ध गरेका हुन् । गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रामकुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजीव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप