गर्मी बढेपछि ‘गर्मी भयो धरान’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १२

धरानः अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ सार्वजनिक गरिएको छ ।
गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । भिडियोमा दिनेश बान्तवाको संगीत रहेको छ । भूमिषा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन् ।
भिडियो धरान, भेडेटार आसपासमा छायांकन गरिएको छ । सागर प्रधानले छायांकन गरेको भिडियोको सम्पादन धुव्रराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन् । सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ ।

कवि तथा गीतकार अमर वान्तुका दर्जनौं गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् । उनले लेखेका गीतहरु सिल्की कपाल, हृदयको आवाज, फूलजस्तै, तिम्रो शहर, हरहर महादेव, जीवनको दौडमा लगायतका गीतहरु बजारमा उपलब्ध छन् । उनको अमर भावना भाग १ र २ गीतिसंग्रह पनि बजारमा आइसकेको छ । कविता लेखनमा पनि अब्बल श्रेणीमा स्थापित गरिसकेका गीतकार तथा कवित अमर पछिल्लो समयमा गीत लेखनमा सक्रिय रहेका छन् ।
नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका बेला विवाद समेत सिर्जना भएको थियो । अभिनेता पल र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच यस विषयमा सहमति भएसँगै विवाद पनि टुंगिएको थियो । तर जे होस् गीतले धरान, भेडेटार चिनाउने काम पनि गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप