‘सोची हेर न’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख ८

धरानः विकास लामिछाने र सिर्जना जिसीको अनस्क्रिन प्रेम प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।
सुदिप भण्डारीको स्वरमा रहेको यस गीतमा चर्चित गीतकार डि.पी खनालको शब्द रहेको छ। शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको छ। अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।
डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। -इमेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप