आजको स्तम्भः विचार, फिचर, मेरो भन्नुछ

जहाँ खर्च गर्न सक्ने पर्यटक भित्र्याइन्छ

भुटानको पर्यटनः नेपालका लागि राम्रो शिक्षा हुन सक्छ


  • आजको स्तम्भ
  • २०७८ वैशाख ८

यो पंक्तिकार स्वयम् पनि विसं २०५१–०५२ सालदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकको भरिया भएर काम गरेको मान्छे हो । त्यसपछि स्पेयर (खाना बनाउने चाहिने सामल (तुमल बोक्ने), किचन गियर (खाना पकाउने भाँडाकुँडा) बोक्ने स्टाफ भएर पनि काम गरें, शेर्पा स्टाफ (पाल टाँग्ने, राति चोर लाग्ला कि भनेर ड्युटी गर्ने, दिउँसो पर्यटकसँग हिँड्ने) भएर पनि काम गरें, कुक भएर पनि काम गरें र, सरदार वा भनौं गाइड (ट्रेकिङ गाइड) भएर पनि काम गरें, ट्रेकिङ क्षेत्रको लगभग सबै पदमा रहेर काम गरेको अनुभव र अनुभूतिहरु म सँग रहेको छ । तर, पनि ट्रेकिङ फिल्डको सबैभन्दा ठूलो पद ‘गु्रप लिडर’ का लागि चाहिने ल्याकत वा भनौं तागत बढाउने चेष्टा वा कष्ट भने मैले कहिल्यै गरिनँ वा मेरो ल्याकतले भ्याएन । हुन पनि सुरुमा मेरा लागि विदेशी पर्यटकहरुको भरिया भएर हिँड्न पाउनु नै ठूलो कुरो थियो, म त्यतिमै सन्तुष्ट भएँ ।
अब लागौं भुटानको पर्यटन र भुटान सरकारको पर्यटन नीतिको चर्चा गर्नेतर्पm । हुन त अहिले नेपालमा मात्रै नभएर भुटानमा पनि पर्यटन व्यवसाय शुन्य अवस्थामा छ । त्यसमाथि आपैmले आपैmलाई वा आफ्नै भनिनेहरुलाई कसरी नराम्रो भन्नु ? कसरी नराम्रो देख्नु ? र, कसरी नराम्रो भनी लेख्नु ? तापनि यहाँ म आपूm स्वयम् सम्बन्धित रहेको पर्यटन क्षेत्रसँग रहेर अनुभव र अनुभूतिजन्य लेख लेख्दैछु ।
भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपाल जस्तै हिमाली र भूपरिवेष्ठित देश पनि हो –भुटान । भूगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भएतापनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, भुटान र नेपाल सरकारको पर्यटनसम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरुमा आकाश–जमीनको फरक देखिन्छ ।
भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारले पर्यटक भन्दै जो पायो, त्यो व्यक्तिलाई विदेशी पर्यटक भन्दै ह्वार–ह्वार्ती आप्mनो देशमा प्रवेषाज्ञा दिँदैन । यसले देखाउँछ कि, भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी–डिलक्स) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको छ ।
भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रष्ट हुन्छ भने कुनैपनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रति व्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि, अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेबु्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रतिदिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रतिदिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ ।
स्मरणरहोस्, देशी विपर्यटकहरु भुटानमा रहँदा तीनतारे होटलमा बस्नुपर्छ । अन्यथा चारतारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’ मै उल्लेख गरेको छ । मुख्य कुरो त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजना हुनैपर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।
साथै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर (सिजन अनुसार) जुन छ, त्यसमध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले सिधै ट्रेकिङ तथा ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । विदेशी पर्यटकले प्रति व्यक्ति प्रतिदिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरुको खान्ते–पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल ट्रेकिङ, ट्राभल कम्पनीले व्यहोर्छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो, भुटान भ्रमण गर्न आउने पर्यटक पाँच वर्षभन्दा कम उमेरको भए भिषा चार्जमा ४० अमेरिकी डलर मात्रै लिन्छ भने, सो पर्यटकको बाँकी सम्पूर्ण खर्च सरकारले निःशुल्क व्यहोर्छ ।
त्यस्तै, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ, भुटान सरकारले भने, विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए त्यस्तो पर्यटकले डेली प्याकेजमा २५ प्रतिशत छुट पाउँछ । साथै ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एकजनालाई सत प्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवा सुविधाहरु पनि दिएको देखिन्छ ।
रोचक कुरो त के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल, टुर अपरेटरमार्फत् पहिले नै बुक भएर भुटान भ्रमण गर्न आउने गरेका छन् भने सन् २०१९ मा ‘टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)’ ले निकालेको पछिल्लो तथ्यांकअनुसार भुटान आएका विदेशी पर्यटकहरुमध्ये ८९ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको प्रतिव्यक्ति प्रतिदिन बसाई अवधि भने ६.३५ दिन मात्रै रहेको देखिन्छ ।
त्यस्तै, भुटान भ्रमणमा आउने विदेशी पर्यटकहरु मध्ये ९४.३४ प्रतिशत पहिलोपटक आउने पर्यटक रहेका छन् । स्मरणीय छ, सन् २०१९ मा भुटानमा ३ लाख १५ ५९९ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको देखिन्छ । त्यसमा भारतीय नागरिकहरु मात्रै लगभग ७० प्रतिशत अर्थात् २ लाख ३० हजार ३८१ जना भुटान भ्रमणमा गएका छन् भने, ११ हजार ७०७ जना अमेरिकी नागरिकहरुले भुटानको भ्रमणमा गएका छन् । त्यस्तै, सात हजार ५८४ जना चिनियाँ नागरिकहरुले भुटानको भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै, अर्को सुखद् कुरो के छ भने, एक हजार ४३८ जना नेपाली नागरिकहरुले पनि सन् २०१९ मा भुटानको भ्रमण गर्न गएकोे देखिन्छ ।
थप जानकारीका लागिः ०१४६२०२००, ९८६२४३६०४९, ९८४९९८५९९७
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप