धरानमा लाहुरे छनौट नहुने !

जेठ १० देखि साउन १४ सम्म नाम दर्ता गराउने समय दिइयो


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ३१

धरानः अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ ।
ब्रिटिस आर्मीको मुख्यालयले बेवसाइटमा यस्तो जानकारी दिइएको छ । यसअघि पूर्वको धरानबाट गर्ने गरिएको छनौट पनि पोखराबाटै गरिने भएको बेवसाइटमा जनाइएको छ । मुख्यालयको वेबसाइट आर्मी डट एमओडी डट यूकेले रेक्रुट इन्टेक–२०२२ का लागि सार्वजनिक गरेको सूचनामा सो कुरा जनाइएको हो ।
बेवसाइटमा दिएको सूचनाअनुसार ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० जना छनोट गरिनेछ । ब्रिटिसतर्फ पहिलेभन्दा १ सय १० जनाको कोटासमेत घटाइएको हो ।

के छ क्राइट एरिया ?
अब भने नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्ने भएको छ ।
१२ पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर उचाल्नुपर्ने र दौडनुपर्ने दौड १ मिनेट ४६ सेकेन्डमा पूरा गर्नुपर्ने भएको छ ।
मेडिकल चेकअप गरिनुका साथै न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइका प्रतिस्पर्धी बडी मास इन्डेक्स (बीएमआई) का आधार छनोट हुन हुनेछन् ।
एसइईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । भाग लिन इच्छुकले नागरिकता र पासपोर्ट, बाबुआमाको नागरिकताका साथै गाउँ र नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस बुझाउनुपर्नेछ ।
नाम दर्ता गराउन आगामी जेठ १० देखि साउन १४ सम्मको समय तोकिएको छ । प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र दस दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ ।
भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ ।
यसैगरी २ मिनेट ३० सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो ।
अब दायाँ-बायाँ हातमा २०-२० किलोका जेरिक्यान बोकेर २ सय ४० मिटर दुरी दुई मिनेटमा पार गर्नुपर्नेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप