तत्काल स्कुल बन्द नहुने !


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ३१

धरानः नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यससम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो । सो छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप