धनकुटाबाट गाँजा बोकेर धरान आएका युवा समातिएपछि सार्वजनिक


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ३०

धरानः धनकुटाबाट गाँजा बेच्न धरान आइपुगेका युवालाई पक्राउपछि सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले दुई युवालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–६ भट्टराई गाउँ बस्ने वर्ष २० को निगम राई र पछाडि सवार वर्ष १९ को सुकराज राई रहेका छन् ।
गस्तीमा खटिएको टोलीले धरान–३ शान्तिपथस्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आइरहेको को१३प ६७८२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
मोटरसाइकलको बीच भागमा राखेको झोलामा लुकाई राखेको अवस्थामा लागूऔषध गाँजा दुई किलो ९०० (नौ सय) ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी लागूऔषध समेत बरामद गरी अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप