धरान आउन लागेको टिपर ‘ब्याक’ गर्दा ठक्करले गुरुङको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २९

इटहरीः इटहरीमा टिपर ‘ब्याक’ गर्दा ठक्करले एकजनाको मृत्यु भएको छ ।
इटहरी-१ आँपगाछी चौकस्थितमा टिपर पछाडि सार्ने क्रममा ठक्कर लागी पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय पूर्णबहादुर गुरूङ रहेका छन् ।
धरान आउन लागेको टिपरले कोशी राजमार्गको इटहरी खण्डको आदर्श मार्ग गेट छेऊमा उनलाई ठक्कर दिएको थियो । दिउँसो सवा २ बजे सडक साइडमा रोकी राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टिपर र चालक इटहरी १९ बरगाछीका २९ वर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
ट्रिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले इटहरी–धरान सडक खण्ड अवरुद्ध पारेका छन् । स्थानीय सडकमा उत्रिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप