धरानमा पनि बनेछ मन तान्ने रोड !

सेल्फी हान्ने र टिकटक बनाउनेले मन पराए (२० तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २८

धरानः धरानमा पनि स्थानीय युवायुवतीको मन तान्ने रोड बनेको छ ।
धरान-१४ धार्मिक पर्यटकीय क्षेत्र विजयपुर जाने सडक सबैको रोजाइको रोड बनेको हो । अहिले युवापुस्ताको मन तानेपछि त्यहाँ सेल्फी हान्ने र टिकटक बनाउने भन्दै दिनहुँ पुग्ने गरेको स्थानीयबासीले बताएका छन् ।
अहिले स्थानीय युवापुस्ताको जमघट हुन थालेपछि रोडको छेऊमा चटपटे पसल पनि राखिएको छ । विजयपुरको धार्मिक क्षेत्र जाने सो सडकमा चहलपहल बढ्दा स्थानीयबासी पनि खुशी छन् । विशेषतः विभिन्न ठाउँबाट युवापुस्ता यहाँ घुम्न जाने गरेका छन् । तर मान्छेको भीड बढेसँगै दुर्घटनाको जोखिमले स्थानीयबासिन्दा चिन्तित छन् ।
‘दिउँसै तातो घाममा पनि टिकटकमा रमाउन थालेका छन्’, स्थानीय सर्मिला तामाङले भनिन्, ‘बाटोमा बसेर नाचेर टिकटक बनाउँछन्, सेल्फी हान्छन् अनि रमाइलो गर्छन् तर सडकमा दुर्घटनाको जोखिम पनि बढेको छ ।’ कहिलेकाहीँ प्रहरी पुगेर सो ठाउँमा सचेत पनि गराउने गरेको स्थानीयबासी बताउँछन् ।
यो सडक घुम्तीजस्तो छ । त्यहाँबाट धरानका केही भाग पनि सहजै देखिन्छ । यो सडक केही हप्ताअघि मात्रै कालोपत्रे भएको हो । जब सडक कालोपत्रे भयो यहाँ मान्छे पुग्न थालेको स्थानीयबासीले बताए । अलिकति सडक नागबेली पनि छ ।
यो नागबेली परेको सडक सामाजिक सञ्जालमा युवापुस्ताले फोटो खिचेर लगाउन थालेपछि त्यही थाहा पाएर यहाँ आइपुगेको धरान-१६ की रमा लिम्बूले जानकारी दिइन् । ‘लकडाउनअघि यहाँ आइपुग्दा सडक हेरिनसक्नुको थियो, भनौं कालोपत्रे भइसकेको थिएन, यस्तो बन्छ होला जस्तो पनि लागेको थिएन’, केहीदिनअघि भेटिएकी उनले भनिन्, ‘अहिले त मन तान्ने भइसकेछ, फोटो खिच्न र टिकटक बनाउनै आइपुगेका हौं ।’ उनीसँगै आइपुगेकी धरान-१५ की दया इङ्नामले सामाजिक सञ्जालमै राम्रो फोटो देखेपछि फोटो खिच्नकै लागि यहाँ आइपुगेको बताइन् । जति स्थानीय आए त्यति नै बाटोको बारेमा प्रचार भयो । त्यसैले धराने थपिन थालेपछि यसको थप प्रचार भएको हो ।
साँझ-बिहान हावा खान पुग्ने हुन्, स्वास्थ्यका लागि दौडिनेहरु पनि एकपटक फोटो खिचेर फर्किने गरेको स्थानीयबासी बताउँछन् । सो सडक हुँदै धरानका चर्चित बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरी, पञ्चकन्या मन्दिर पुग्न सकिन्छ । यो सडक बनाउन नै धेरै समय लागेपछि पर्यटक तर्साउने सडकमा रुपमा परिचित थियो । सो सडक सेल्फी हान्ने र टिकटक बनाउनेले मन पराएपनि कत्तिको गुणस्तर बनेछ भनेर हेर्नका लागि भने समय लाग्नेछ ।
तस्वीरहरु: हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप