अब काकडभिट्टा-बुटवलको सडक चार लेनको बन्ने


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २८

धरानः पूर्व–पश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । काकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको जनाइएकाके छ ।
‘पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गर्ने सरकारी योजनाअनुसार २ सडकखण्डको ठेक्का लागेर निर्माण प्रक्रिया शुरु भइसकेको छ, केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ‘केही खण्डमा डीपीआर तयार गर्ने परामर्शदाता छनोट हुने क्रममा छन् ।’
पूर्व–पश्चिम राजमार्गको कुल लम्बाइ १०२८ किलोमिटर छ । यसको आधाभन्दा धेरै भाग ७ वर्षभित्र ४ लेनको बनाउन लागिएको हो । सरकारले दातृ निकायको ऋण सहयोगमा २ लेनको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–बुटवल सडकखण्ड ४ लेनमा स्तरोन्नती गर्न खोजिएको हो । यी सडकखण्ड एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियपूर्ण कर्जामा बनाउन शुरु गरिएको छ ।
काँकडभिट्टा–बुटवल सडकखण्ड आर्थिक वर्ष २०८४–८५ सम्ममा निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको महानिर्देशक थापाले बताए । काँकडभिट्टा–बुटवल सडक खण्डको लम्बाई करिब ५८९ किलोमिटर छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप