छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

इटहरीमा करेन्ट लागेर युवाको मृत्यु, खोटाङमा जंगलमा लागेको आगो शरीरमा सल्किँदा वृद्धाको मृत्यु, भोजपुरमा ट्याक्टर पल्टिँदा युवाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २५

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
ललितपुर महाकाल गाउँपालिका–४ घर भई इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।
पौने १२ बजेको समयमा डिसहोमको फाइबर तार टाङ्ग्ने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर घाइते भएका दुलाललाई उपचारको लागि विराटनगरको नर्सिङहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यस्तै, खोटाङको बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ वर्षीया डम्वरकुमारी मगरको आगोले जलेर मृत्यु भएको छ ।
दिउँसो स्थानीय तारेभिर जंगलमा आगलागी भएको र सो आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भइरहेको अवस्थामा भीरको माथि बसिरहेकी वृद्धालाई एक्कासी आगोको लप्काले भेटेर शरीरमा आगो लाग्दा घाइते भएकी उनको तत्काल उद्दार गरी उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, भोजपुरको हतुवागढी गाउँपालिका–२ मा भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुरतर्फ जाँदै गरेको को२त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका–७ का २० वर्षीय नविन राईको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप