
धरानः मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
उपचारको क्रममा मङ्गलबार साँझ उनको मृत्यु भएको हो । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत दिउँसो १ बजे पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १-०२-०४३प ३७९५ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सुन्दरहरैंचा–१२ का ३५ वर्षीय महेन्द्र थापा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हेटौंडा ७ बस्ने ३२ वर्षीय निलकुमार तामाङ नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।