बोलेरो दुर्घटनामा तीनजनाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

ओखलढुङ्गाः ओखलढुङगा मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये तीनजनाको मृत्यु र एकजना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० वर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ वर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् ।
बिहान सवा ११ बजे धुसेनीतर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भीर घाइते भएकी डोलकुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्समा काठमाडौं पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप