९ जुवाडे कौडासहित समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

बिर्तामोडः झापा गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगदसहित पक्राउ गरिएको छ ।
सोमबार राति साढे १० बजे विशेष सूचनाको आधारमा प्रहरीले घरधनी बर्देवा सहित गौरादह २ का ३२ वर्षीय निर्मल थापा, गौरादह–३ का ३५ वर्षीय अंकित कार्की, सोही स्थानका ३८ वर्षीय सुरेश भण्डारी, गौरादह–४ का ३६ वर्षीय मोहन खरेल, कन्काइ–३ का ४० वर्षीय रामप्रसाद खतिवडा, सोही स्थानका ४२ वर्षीय ईश्वर खतिवडा, कन्काइ–७ का ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक–७ का ३८ वर्षीय निरबहादुर सुनुवारलाई पक्राउ गरेको हो । उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद रु ६९ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै, झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगाउँस्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कन्काई ३ का ३६ वर्षीय रोसन यादव र कन्काई ५ का २१ वर्षीय समिर लिम्बू रहेका छन् । उनीहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप