बेलायतमा लकडाउनमा केही खुकुलो पारिने


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

लन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन्। उनले आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने बताएका हुन्।
उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेस्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन्। त्यसैगरी जिमखाना, पार्क, चिडियाखाना, पुस्तकालय र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ।
आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ। प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका छन्।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप