अब नेपालमा कहिल्यै लकडाउन हुँदैन, किन तर्सिनुः स्वास्थ्यमन्त्री


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अब नेपालमा कहिल्यै लकडाउन नहुने बताउँदै नतर्सिन आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘सरकार लकडाउन गर्ने मनस्थितिमा छैन, नेपाल अब कहिल्यै पनि लकडाउनमा जाँदैन’, उनले थपे, ‘आत्तिहाल्नुपर्ने, तर्सिहाल्नुपर्ने अवस्था छैन ।’
उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए । लकडाउनले कोभिड संक्रमण कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताएका हुन् । उनले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ ।’
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे । उनले सावधानी र सतर्क रहने सबै उपायहरु अवलम्वन गर्न पनि आाग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप