प्रदेश १ मा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

धरान आउँदै गरेको ट्रक दुर्घटनामा पुरुषको मृत्यु,शरीरमा आगो सल्किँदा महिलाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

धरानः इलाम रोङ गाउँपालिका–३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको छ ।
सोमबार दिउँसो ११ बजे उनी आफ्नै भान्साकोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनीले लगाइएको कटनको कपडामा आगो सलकिन गई शरीरको विभिन्न भागमा पोली घाइते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।
सो अस्पतालमा उपचार हुन नसकी रातको सवा ९ बजे थप उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भोजपुर अरुण गाउँपालिका–४ छेम्ताङस्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु र १ जना घाइते भएका छन् ।
सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको वायाँभित्तामा ट्रकको अगाडिको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनी मोरङ पथरीशनिश्चरे ८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा नै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका ६ जरायोटार का २० वर्षीय जनकबहादुर खड्का गम्भिर घाइते भई धरान घोपामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप