ज्ञान लिँदै युवती

धरानका डिएसपीले दिए युवतीलाई साइबर क्राइम र सामाजिक सञ्जाल प्रयोग तालिम, बराह ग्रुप र ह्वाइट हाउसमा ‘भिजिट’ (१२ तस्वीर)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

धरानः पूर्वाञ्चल बागिना कला केन्द्र धरान द्वारा आयोजित मिस स्टेट-१ सिजन-३ का सहभागी युवतीहरुका लागि साइबर अपराधसम्बन्धी तालिम आयोजना भएको छ ।
धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले युवतीलाई साइबर क्राइम र सामाजिक सञ्जाल प्रयोग तालिम दिएका हुन् ।
धरानको नवयुग होटलको हलमा भएको तालिममा सहजकर्ता इलाका प्रहरी कार्यालय धरानका डिएसपी बस्नेतले महिला सशक्तिकरण के हो, सशक्तिकरण किन आवश्यक छ, साइबर अपराध के हो, सामाजिक सञ्जालबाट हुने अपराध र चुनौती के के हुन्, सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई हुने कानुनी कारवाही, सामाजिक सञ्जालको सुरक्षित तवरले कसरी प्रयोग गर्ने ? आदिबारेमा सहभागीलाई जानकारी दिएका थिए ।
उनले सामाजिक सञ्जालको सही सदुपयोगले सबैलाई फाइदा पुग्ने पनि बताए । ‘पछिल्लो समयमा सामाजिक सञ्जालको अत्याधिक प्रयोग भइरहेकाले यसको सही सदुपयोग हुनुपर्छ, यसले समाज, राष्ट्रलाई नै फाइदा पुग्ने हो’, उनले थपे, ‘तर दुरुपयोग भए कारवाहीको भागीदार पनि हुनुपर्ने हुन्छ, त्यसैले सबैले सचेतना अपनाऔं ।’
मिस स्टेटका सहभागीहरुलाई साइबर अपराध सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कला केन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
सबै किशोरीले साइबर क्राइम भएर धेरै युवायुवती फँसेको सुनेको र तर अहिले सबै स्पष्ट भएको बताएका थिए । उनीहरुले यस्ता कार्यक्रम विद्यालयस्तरदेखि सचेतनामूलक कार्यक्रम गरे युवायुवती फेसबुकलगायत सामाजिक सञ्जालको गलत प्रयोग नगर्ने विश्वास ब्यक्त गरेका थिए ।
यसअघि सहभागीले प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान बराह ग्रुपको धरानस्थित कार्यालय र धरानस्थित ह्वाइट हाउस धरानको अवलोकन गरेका छन् ।
उनीहरुलाई बराहका कर्मचारीहरुले बराहले दिने सेवासुविधा, पाइने सामग्री, सञ्चालक समिति आदिबारे जानकारी गराएका थिए । यस्तै, ह्वाइटहाउसका सिइओ अरुणकुमार प्रधानले ह्वाइटहाउसमा कस्ता विषय अध्ययन अध्यापन हुन्छलगायतबारे जानकारी दिएका थिए ।
विभिन्न क्षेत्रको ज्ञान लिने क्रममा ११ जना सहभागीहरु बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरु अहिले एकमहिने प्रशिक्षणमा रहेका छन् । प्रशिक्षण अवधिभर शिक्षा, स्वास्थ्य, पर्यटन, पत्रकारिता, महिला सशक्तिकरण, भाषणकला, उद्घोषणकला, ब्यक्तित्व विकास आदिको बारेमा प्रशिक्षण दिइएको कार्यक्रमकी कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले जानकारी दिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । उनी सामाजिक क्षेत्रमा सक्रिय वित्तीय क्षेत्रमा विभिन्न संघसंस्थामा संलग्न रहेकी छिन् ।
यस्तै, सहप्रायोजनमा बराह ग्रुप रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि रहेको छ ।
यस्तै, एजुकेशनल पार्टनर मेघा कलेज धरान रहेको छ । यस्तै, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम, रेडियो धरान, दन्तकाली एफएम रहेका छन् ।
बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान केन्द्रका अध्यक्ष राईले जानकारी दिए । तस्वीरहरुः प्रशान्त श्रेष्ठ, तिर्थ कार्की

ह्वाइट हाउस धरान भिजिट

बराह ग्रुपको भिजिट

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप