पत्रकार महासंघको २६ औं महाधिवेशन

पत्रकारको चुनावसँगै मेरा कुरा

व्यक्तिगत कुरा उछालेर रिसइवी साँध्ने, लेख्ने पत्रकारलाई कारवाही हुन्छ ? नयाँ नेतृत्वको ध्यान यतातर्फ जाओस्


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ चैत २४

खासमा मेरो विचारमा नेपालका सम्पूर्ण पत्रकार महानुभावहरुको आधिकारिक मानिने संगठन ‘नेपाल पत्रकार महासंघ’ ले यसपटकको महाधिवेशन र सो महाधिवेशनबाट चुनिएर आउने नयाँ कार्य समितिले आफ्नै सहकर्मी वा भनौं पत्रकारहरुका बारेमा (प्रष्टसँग भन्नुपर्दा अनलाइन न्यूज पोर्टल र केही दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरुको कुनै व्यक्ति वा संघसंस्थाप्रति लक्षित भएर भनौं जथाभावी ढंगले साख गिराउने वा व्यक्तिगत मानमर्दन हुने गरी समाचार लेख्ने, छाप्ने, लेख लेख्ने, छाप्ने, फिचर लेख्ने, छाप्ने काम बन्द गराउनेतर्पm) देशको चौथो अंगसमेत भनिने पत्रकार महानुभावहरुको यो २६ औं महाधिवेशनले केही नयाँ र प्रभावकारी व्यवस्था गरोस् भन्ने विशेष आशय रहेको छ । त्यसो हुन नसके कम्तिामा पनि अनलाइन न्यूज पोर्टल, दैनिक वा साप्ताहिक पत्रपत्रिकाहरुले समाचर छाप्दा, प्रकाशित गर्दा समाचारदाता वा समाचार प्रेषकको फोटा, मोबाइल नम्बर, इमेल आदि समेत उल्लेख हुनुपर्ने व्यवस्था गराउने, त्यस्तै कुनैपनि लेखको लेखक वा फिचर लेखक, प्रस्तोताको पनि लेख वा फिचरसँगै फोटो, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्नेतर्पm ध्यान आकर्षित गर्नैपर्ने देखिन्छ ।
अन्यथा देशको चौथो अंगसमेत भनिने पत्रकार महानुभावहरुको यो २६ औं सम्मेलन सार्थकता रहला र ? त्यसैले अभैm पनि समाचारदाता वा समाचार प्रेषकको फोटा, मोबाइल नम्बर, इमेल आदि समेत उल्लेख हुनुपर्ने व्यवस्था गराउने, त्यस्तै कुनै पनि लेखको लेखक वा फिचर लेखक, प्रस्तोताको पनि लेख वा फिचरसँगै फोटा, मोबाइल नम्बर, इमेल आदि राख्नैपर्ने व्यवस्था गर्न नसकेमा नक्कली नाममा समाचार छपाउने र लेख लेखाउने, छपाउने काममा कमी नआउने देखिन्छ । त्यसैले जानाजान र नियत बाङ्गिएरै पत्रकारिताको नाममा यस्ता गलत कार्य गर्नेहरुका लागि केही कठोर हुँदै यस्तो व्यवस्था गर्न नसकेमा भविश्यमा अभैm पनि अनलाइन न्यूज पोर्टल, केही साप्ताहिक र दैनिक पत्रपत्रिकाहरले समाचार, फिचर वा लेखको नाममा जताभावी गरी रहने नै छन्, त्यसमा कुनै शंका रहने छैन । त्यसैले…
हुन त केही दैनिक र साप्ताहिक पत्रिकाहरु अनि अनलाइन न्यूज पोर्टलहरु आपैm पनि समाजप्रति जिम्मेवार महसुस गरेर सही पत्रकारिता नै गरी रहेको देखिन्छ । तर, धेरैजसो साप्ताहिक पत्रिकाहरु र अनलाइन न्यूज पोर्टलहरुको समाचार दिने शैली र उनीहरुले छापेका लेख, रचना, फिचर आदि हेर्दा ‘स्वच्छ मनले पत्रकारिता गर्नुभन्दा पनि उनीहरुले आपूmहरुलाई मन नपरेका राजनीतिक दल, संघ–संस्था वा व्यक्तिलाई सिध्याउनका लागि मात्रै वा कसैको इसारामा कसैलाई सिध्याउनकै लागि मात्रै साप्ताहिक पत्रिका र अनलाइन न्यूज पोर्टल दर्ता गरेका हुन् कि भनेझैं मैले पनि महसु्स गरेकै हो । जस्तो उदाहरणका लागि एक अनलाइन न्यूज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले विसं २०७७ पुस १४ गते एक फिचर, लेख छापेको थियो । त्यसपछि यो पंक्तिकारले सो फिचरबारे वास्तविकता के हो त ? भनी लेखेको प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेख पठायो । धेरै दिनसम्म पनि सो प्रति उत्तर लेख नछापिएपछि सोधखोज गर्दा सो प्रतिउत्तर लेख भने छाप्न नसक्ने भनी बताएका थिए सो अनलाइनका सम्पादकले । अझ अचम्म त के भने, विसं २०७७ फागुन अन्तिम (चैत पहिलो हप्तासम्म हेर्दा सो अनलाइन न्यूज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर खाली नै रहेको थियो । जबकि सो अनलाइन केही वर्षअघिदेखि नै सञ्चालनमा आएको हो ।
हुन त नेपाल सरकारले केही समयअघि ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ ल्याएको छ । तर, सो निर्देशिकामा पनि अनलाइन न्यूज पोर्टलहरुबारे केही उल्लेख छैन । त्यसैले सरकारले सोही निर्देशिकामा थप व्यवस्थासहित अनलाइन न्यूज पोर्टल र युट्युब च्यानलहरुलाई पनि कडाइका साथ नियन्त्रण र नियमन गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यस्तै, सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका हकमा पनि सामाजिक सञ्जाल खोल्न चाहने जो कोही व्यक्तिले आफ्नो अकाउन्ट खोल्दा अकाउन्ट खोल्न चाहनेले आफ्नो सक्कली नागरिकताको प्रमाणपत्र नम्बर वा जन्मदर्ता नम्बर, सक्कली फोटा राखेपछि (अपलोड गरेपछि) मात्रै अकाउन्ट खुल्ने अन्यथा अकाउन्ट नै नखुल्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यति मात्रै होइन, युट्युब च्यानल, अनलाइन न्यूज पोर्टल, एफएम रेडियो, टीभी च्यानल, प्रिन्ट मिडियालगायतलाई अनिवार्यरुपमा सूचना तथा प्रसारण विभागमा अनिवार्य दर्ता गर्नैपर्ने, सञ्चालक, प्रधानसम्पादक, सम्पादक, समाचार प्रमुख, लेख, रचना प्रमुख, फिचर, संवाददाता, समाचारदातालगायत टिममा रहेका सम्पूर्ण सदस्यहरु र अन्य कर्मचारीहरुको पनि फोटो, मोबाइल नम्बरसमेत राख्नैपर्ने , सूचना तथा प्रसारण विभाग दर्ता नम्बर राख्नैपर्र्नेे, कार्यालय रहेको ठेगाना र साइनबोर्ड राख्नैपर्ने आदि सर्तहरुसहितको नयाँ व्यवस्था गरेर कडा खालको नयाँ निर्देशिका जारी गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । के यही चैत २५ गते २६ औं कार्य समितिको रुपमा निर्वाचित भएर आउने नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले यी कुरोहरु गर्नका लागि तयार हुनेछ ? प्रश्न गम्भीर छ ।
किनभने, केही हदसम्म अभैm पनि नेपालबाट प्रकाशित हुने अनलाइन न्यूज पोर्टल, र प्रिन्ट मिडियाका सञ्चालकहरुले ‘अमूक व्यक्ति, समूह, संघ वा संस्थाप्रति जानाजान अतिशय अनुराग र द्वेष राखेर’ समाचार छाप्ने, लेख रचनाहरु छाप्ने गरेको देखिन्छ भने, सामाजिक सञ्जालको त के कुरो भो र ? अनलाइन न्यूज पोर्टल र प्रिन्ट मिडियाको कुरो गर्दा भोग्ने भुक्तमानहरुलाई मात्रै थाहा हुन्छ । मानौं ‘क’ भन्ने व्यक्तिले ‘ग’ भन्ने व्यक्तिको विरुद्घमा दूराशय राखेर जानाजान ‘ग’ भन्ने व्यक्तिलाई रिस फेर्न वा आक्षेप लगाउन नक्कली नाममा लेख वा समाचार कुनै ‘अ’ वा ‘उ’ नामको अनलाइन न्युज पोर्टललाई पठायो । तर, आप्mनो अनलाइनमा प्रकाशानार्थ आएको समाचार वा लेख रचनाको बारेमा केही न न केही थाहा हुनुपर्ने कि, नपर्ने ? ल ती कुनै एक (‘अ’ वा ‘उ’ नामको) अनलाइन न्यूज पोर्टललाई के हो कसो थाहा भएन अतः छाप्यो । तर, त्यसपछि ‘ग’ भन्ने व्यक्तिले पनि ‘क’ भन्ने व्यक्तिले लगाएको आरोप भूmटो हो वा वास्तविकता यस्तो हो भनी पठाएको प्रतिउत्तर लेख वा खण्डन लेख जुन ‘अ’ वा ‘उ’ नामको अनलाइन न्यूज पोर्टल वा प्रिन्ट मिडियाहरुमा छापिएको थियो सो अनलाइन न्यूज पोर्टल वा प्रिन्ट मिडियाहरुले छाप्नुपर्ने कि नपर्ने ? तर, यहाँ केही प्रिन्ट मिडिया र अनलाइनहरुले आफ्नो (प्रिन्ट वा अनलाइन) मिडियामा छापिएको समाचार, लेख, रचना र, फिचरको बारेमा उठेको प्रश्न वा आएको प्रतिक्रियालाई स्थान दिने कि नदिने ? तर, यहाँ त धेरै जसो अनलाइन न्यूज पोर्टल वा प्रिन्ट मिडियाहरुले आफ्नो (प्रिन्ट वा अनलाइन) मिडियामा छापिएको समाचार, लेख, रचना र, फिचरको बारेमा उठेको प्रश्न वा आएको प्रतिक्रियालाई सीधै स्थान नदिने र, नछाप्नेसम्मको धृष्ठता गर्ने गरेको देखियो, भेटियो ।
अझ नेपालका कतिपय अनलाइन न्यूज पोर्टलहरुले त कतै योजनबद्घ ढंगले नै कुनैपनि जातजाति, समुदाय, संघसंस्था वा व्यक्तिलाई जानाजान लखेटी रहेको पो हो कि ? भन्ने प्रश्न उठाउन सकिन्छ । किनभने, ती अनलाइन न्यूज पोर्टलहरुले एकोहोरो ढंगले समाचार, फिचर, लेख, रचना आदि छापेको, प्रकाशित गरेको देखिन्छ, भेटिन्छ । एक अनलाइनले विसं २०७७ पुस १४ गते एक फिचर, लेख छापेको थियो । त्यसपछि पनि लगाताररुपमा एक जातिलाई सिध्याउने हिसाबले लागिपरेको देखियो । त्यो लेखमा लेखकको फोटो, इमेल आदि छैन । त्यसैले ती लेखहरु कसैले फेक वा नक्कली नाममा पठाएको हो भनी दावीका साथ भन्न सकिन्छ । अथवा सम्पादक वा अरु कुनै स्टाफले नै पो नक्कली नाममा लेखेको वा छापेको हो कि ? किनभने, सक्कली लेखक को हो ? लेखकको फोटा छैन, इमेल पनि छैन ।
यसरी हेर्दा कुरो केवल त्यो अनलाइनको मात्रै होइन । नेपालका सयौं, हजारौं युट्युब च्यानल, अनलाइन न्यूज पोर्टल, टीभी, रेडियो, एफएम, प्रिन्ट मिडियाहरुले कसैप्रतिको व्यक्तिगत रिस फेर्न, व्यक्तिगत फाइदा लिन र कसैको जीवन नै समाप्त पार्न वा हानी नोक्सानी पुरयाउन हात धोएर नलागेस् भन्नका लागि र ‘नेपालका पहुँच नभएका, नहुने जातजाति, समुदाय, संघसंस्थाहरु र, व्यक्तिहरुका विरुद्घ अनलाइन न्यूज पोर्टल, साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो, टिभी च्यानल आदि सदा सर्वदा दुरुप्रयोग नहोेस् भन्नका लागि पनि यही चैत २५ गते २६ औं कार्य समितिको रुपमा निर्वाचित भएर आउने नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले यी कुरोहरु गर्नाका लागि तयार हुनेछ ? प्रश्न गम्भीर छ मात्रै होइन यसतर्फ बढीजसो सोच्नुपर्ने देखिन्छ ।
‘अर्ती भनेको घर्तिको पनि मान्नु पर्छ’ भन्थे, पहिलेपहिले । त्यसैले यही आउँदो चैत २५ गते हुने नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको यसतर्फ ध्यान जाओस् । साथै नेपाली पत्रकार महानुभावहरुको २६ औं महाधिवेशन र नयाँ कार्य समितिको निर्वाचनको सफलताको अग्रिम शुभकामना समेत छ ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप