सुनसरीमा पत्रकारको चुनावः बागीले उम्मेदवारी फिर्ता लिएनन्, चारजना अध्यक्षबीच भिडन्त


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २३

धरानः नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा चारजनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षमा अलाइन्सबाट जनकऋषि राई, ओलीनिकट प्रेस चौतारीबाट सन्तोष काफ्ले, कांग्रेसनिकट प्रेस युनियनबाट बागी दिएका सुविद गुरागाईं र सचिन पोख्रेलबीच भीडन्त हुने भएको हो ।
बागीमा उठेका उनीहरुले उम्मेद्वारी फिर्ता लिएनन् । सोमबाारसम्म उम्मेद्वारी फिर्ता लिने समयसीमा तोकिएको थियो । अन्य अधिकांश बागीले पनि उम्मेद्वारी फिर्ता लिएनन् ।
नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्लामा राई नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल (माओवादी केन्द्रनिकट) र प्रेस चौतारी नेपाल (माधव नेपाल र झलनाथ खनाल) को अलाइन्सबाट चुनावी मैदानमा छन् भने सन्तोष प्रेस चौतारीको दुई खेमामध्ये ओली समूहबाट एक्लै प्रतिस्पर्धामा छन् ।
यस्तै, राई प्यानलबाट उपाध्यक्ष पदमा गणेश निरौला (अलाइन्स) र सुमन पुरी (प्रेस चौतारी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
महिला उपाध्यक्ष पदमा सुमित्रा राई (सञ्जु) (प्रेस चौतारी, रञ्जना पौडेल (बागी), मनिता चाम्लिङ (स्वतन्त्र) र उषाकिरण भट्टराई (अलाइन्स) बीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, सचिव पदमा प्रेस चौतारी गठबन्धनबाट दिनेश गजमेर, अलाइन्सबाट ध्रुव ढकाल र प्रेस सेन्टरबाट भरतराज शर्मा (गोपाल कामत) (बागी) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सहसचिवमा प्रेस चौतारी गठबन्धनबाट विकल रेग्मीको उम्मेदवारी छ भने अलाइन्सबाट तीर्थ कार्कीबीच प्रतिस्पर्धा हुनेछ भने सहसचिवमा प्रदिपकुमार चौधरी र भोला श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्षमा अतिजकुमार झा (अलाइन्स), कृष्णप्रसाद वहाव भट्टराई (चौतारी र निसान प्रकृति थारुबीच प्रतिस्पर्धा हुने भएको छ ।
पत्रकार महासंघ सुनसरीको कार्यसमिति सदस्यमादेविका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस राई र समावेशी, मुस्लिम, अल्पसंख्यक र अपाङ्ग कोटाको सदस्यमा महमद मिकाइल पनि निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय परिषदको महिला सदस्यमा पनि गंगा पौडेल(बराल) निर्विरोध निर्वाचित भएकी छिन् । यसअघि अलाइन्सबाट गंगा बराल र राईको नाम चर्चामा थियो । बरालले छोडिदिएपछि राईको उम्मेदवारी पक्का भएको थियाो । यस्तै, प्रदेश परिषदको महिला सदस्यमा कानुन कार्की, प्रदेश परिषदको समावेशी सदस्यमा नवर हुसेन अन्सारी, आशिष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ, विशाल राई, धीरेन्द्रकुमार चौधरी र सोहन श्रेष्ठ पनि निर्विरोध चुनिएका छन् ।
आगामी २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पत्रकारहरुले उम्मेदवारलाई मतदान गर्ने समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप