भन्सार छलेर ल्याइएका चिनी तथा सुर्ती बरामद


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २३

विराटनगरः अवैधरुपमा भन्सार छली गरी ल्याएको ठूलो परिमाणमा चिनी तथा सुर्ती बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–९ गुरूङ टोलस्थितबाट २७ बोरा चिनी र ७ बोरा खैनी फेला पारी बरामद गरेको हो ।
उर्लाबारी–५ घर भई गुरूङ टोल बस्दै आएका पवन पोद्दारले अवैधरुपमा भन्सार छली गरी ल्याएका सामानहरु लुकाई राखेको भन्ने पाइएपछि सोमबार बिहान पौने ११ बजे खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा घर छेउमा त्रिपालले छोपेर लुकाई राखेको ७ बोरा चिनी र ४ बोरा सुर्ती फेला पारी बरामद गरेको हो ।
यसैगरी सोही स्थान छेऊमा बेवारिसे अवस्थामा रहेको २० बोरा चिनी र ३ बोरा सुर्ती समेत फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । यसरी बरामद गरिएको करिब ९४ हजार ५ सय बराबरको चिनी तथा १७ हजार ५ सय बराबरको सुर्ती र मानिससहितलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप