धरान उपमहानगरको बजेटले नेवारी समुदायलाई एकमहिने नेपाः भाषा कक्षा


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २३

धरानः झीगु समाज धरानमा एकमहिने नेपाः भाषा कक्षा शुरु भएको छ ।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी तथा धरारा उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिका संयोजक तथा धरान १५ नंं वडा अध्यक्ष नरेश इवारामले पानसमा दीप प्रज्वलन गरेर नेवाः भाषा कक्षाको समुद्घाटन गरेका छन् ।
कार्यक्रममा बबोल्दै उनले धरान जनजातिका शहर भएकाले सबै जातजातिको उत्थानमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गरेर काम गरिरहेको र यसलाई अझ बढी प्राथमिकताका साथ अघि बढाउन जनजातिहरु नै लागिपर्नुपर्ने बताए ।
झीगु समाजका अध्यक्ष सुजेन्द्रमान स्थापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवाः देय दवू प्रदेश १ का कोषाध्यक्ष नन्द्र हलुवाई, शाक्य कल्याण संस्थाका अध्यक्ष अमृत शाक्यले आफ्नो जातीय भाषा विकासको महत्वबारे बोलेका थिए ।
नेवाः देय् दवू धरान नगर समितिको अयोजना र झीगु समाजको विशेष सहयोगमा सम्पन्न हुने नेवाः भाषा कक्षाको विषेश सहयोगी, धरान उपमहानगरपाकिा आदिबासी जनजाती विकास समिति रहेको छ । नगरपालिकाबाट प्राप्त बजेटबाट धरानमा नेवाः थपु गुढी धरान–८, झीगु समाज धरान–३, शाक्य कल्याण संस्था धरान–१२ र सिद्धि नेवाः परिषद् धरान–७ गरी ४ स्थानमा एकै पटक यो कक्षा शुरु गरएको नेवाः देय दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।
कार्यक्रममा धरान उपमहानगरपाकिलाकाकी पालिका सदस्य बिनिता बज्राचार्यलगायत खलः पुचका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप