धरानमा विपन्न पढ्ने दीपेन्द्र स्कुललाई रोटरी क्लबद्वारा ९ थान कम्प्युटर प्रदान


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २३

धरानः रोटरी क्लब अफ धरानले श्री दीपेन्द्र स्मृति विद्यालय धरान–१७ लाई ९ थान कम्प्युटर प्रदान गरेको छ ।
सोमबार विद्यालयमा भएको कार्यक्रममा रोटरी क्लब अफ धरानका अध्यक्ष रविन श्रेष्ठले विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेल तथा व्यवस्थापन समितिका अध्यक्ष मिना लावतीलाई डेल कम्पनीको ९ थान कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
रोटरीको ‘टिच’ कार्यक्रमअन्तर्गत रोटरी क्लब अफ मास्टुडो इष्ट जापानको सहयोगमा कम्प्युटर प्रदान गरिएको हो । श्री सरस्वती माध्यमिक विद्यालय चैनपुरमा पनि १० वडा कम्प्युटर प्रदान गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष रविन श्रेष्ठले बताए ।
एक कम्प्युटर बराबर करिब ४७ हजार ५ सय लागत रहेको छ । इ–लाइब्रेरी र कम्प्युटर मैत्री विद्यालय बनाउन विद्यालयको योजनालाई रोटरीले कम्प्युटर प्रदान गरेर सहयोग गरेकोमा धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले रोटरी क्लब अफ धरानलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कक्षा–७ सम्म अध्यापन हुने यस विद्यालयमा विपन्न समुदायका २१५ विद्यार्थीहरु रहेका छन् । यसअघि पनि रोटरी क्लब अफ धरानले १७ लाख रुपैयाँको लागतमा विद्यालयको पहिलो तलामा ३ वटा कोठा निर्माण गर्न सहयोग गरेको थियो । कार्यक्रममा रोटरियन मानमोहन श्रेष्ठ, कृष्ण अग्रवाल, सुनिल श्रेष्ठ, युगल श्रेष्ठ साथै समाजसेवी सुधिर ताम्राकार लगायत शिक्षक विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । तस्वीरः मोहन श्रेष्ठ

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप