धरानमा लागूऔषधसहित समातिएका युवा सार्वजनिक

डेराबाट लागूऔषध बरामद


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २२

धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गरेका युवालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान–१५ बस्ने २३ वर्षीय मिलन राई रहेका छन् । विशेष सूचनाको आधारमा उनी पक्राउ परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
खोटाङ दिपुङ गाउँपालिका–४ घर भई हाल धरान–१५ ज्ञान चर्चमार्ग डेरा गरेर बस्दै आएका राईलाई खैरो हिरोइन ब्राउनसुगरजस्तो देखिने धुलोसहित समातेको प्रहरीले जनाएको छ ।
डेरा कोठाभित्र उत्तर भागमा रहेको शिशाको टेबल माथि लुकाइ राखेको अवस्थामा लागूऔषध खैरोहेरोइन ९०० सय मिलीग्राम समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप