
धरानः सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक भएको छ ।
जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रहेको गीतमा आफ्नो प्रेमिकाप्रतिको प्रेमभावलाई दर्शाइएको छ ।
एजिएल इन्टरटेनमेन्टले तयार पारेको गीतको भिडियो पनि उत्कृष्ट रहेको निर्माण पक्षको दाबी छ । एजिएल प्रमुख अमृत घोले लामाले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए। ‘गीतको शब्दलाई दृश्य मार्फत प्रस्ट्याउने जमर्को गरेका छौँ’ उनले भने ।
गीतमा निराजन प्रधानसँग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन् । पछिल्लो समय नायक अनमोल केसीसँग फिल्म ‘पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो ।
एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ।