‘निलो कुर्ताले’ सार्वजनिक (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २१

धरानः अमेरिकामा रहेर नेपाली संगीतमा निरन्तर क्रियाशील गायक लोक पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘निलो कुर्ताले’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोकलयमा आधिरित यस गीतमा गायक पौडेललाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । यस गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ । गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् ।
युवायुवतीबीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान फिचर्ड छन् । शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् । शिशिर तामाङ (छवि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक पौडेलले ‘वाल्ली होइन पल्ली’, ‘कस्तो लाग्यो तिमीलाई’ लगायत केही भजन गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप