संखुवासभामा बस दुर्घटनाः घाइते सबैको धरानमा उपचार हुँदै


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २०

संखुवासभाः संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स दुर्घटनामा परी घाइते भएका यात्रुलाई धरान ल्याइएको छ ।
उनीहरुको अहिले धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । १३ जना यात्रु गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोरङ इटहरी–८ का हर्कबहादुर राई, मादी–५ संखुवासभाका कमला बसेल, चन्द्रमाया विक, ओमप्रसाद भण्डारी रहेका छन् । यस्तै, संखुवासभा मादीकै हर्क मग्राती, सुमित बसेल, करुणा दाहाल पनि घाइते बनेका छन् । संखुवासभा मावादिनकी पदमकुमारी गुरुङ, रमादेवी दाहाल, मनबहादुर विक, मिरा दाहाल, झापा गौरादहकी मिरा दर्नाललगायत ३२ जना घाइते भएका छन् । उनीहरु अधिकांशको टाउको, घुँडालगायतमा गहिरो चोट लागेको छ । घुम्ती मोड्ने क्रममा बस तीन बल्ड्याङ खाएको यात्रु हर्कबहादुर राईले जानकारी दिए । ‘खासमा समतल जमीनमै बस तीन बल्डयाङ खाएको थियो, भिरालो जमीनमा भए हामी कहाँ बाँच्थ्यौं र ?’ उनले भने ।
१३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो । बस चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप