आजको स्तम्भः साहित्य विशेष

साहित्यको लत


  • शीतल गिरी
  • २०७७ चैत २०

    लेख्नको लागि पढ्नु आवश्यक छ। साहित्य सृजनको लागि साहित्य पढ्नु धेरै आवश्यक छ। पढ्नु एउटा जिज्ञासा हो, एउटा लत हो। एकचोटी जसलाई यो लत लाग्यो ऊ यसको फन्दाबाट कहिल्यै पनि निस्कन सक्दैन। किन निस्कन चाहने ? जब यो पढ्नेले एउटा नयाँ जिन्दगी जिउने अवसर प्राप्त गर्दछ प्रत्येक दिन एउटा नयाँ लोकमा घुमाउँदछ । यसले जिन्दगीलाई सपनामा र सपनालाई जिन्दगीमा परिवर्तन गराउँदछ।
सृजन क्षमता जसमा हुन्छ ऊ पढ्न छाड्दै छाड्दैन। वास्तवमा सृजन क्षमता भएकाहरू पढ्नुको साथसाथै लेख्ने पनि गर्दछन्।
उपलब्धिहरूले सामाजिक मान्यता प्रायश: तब पाउने गर्दछ जब सृजन गर्नेलाई प्रेरणा दिने ऊबाट टाढा गइसकेको हुन्छ, यो लोक छाडिसकेको हुन्छ। यसकारण सामाजिक मान्यता प्राप्त हुँदाको खुशी प्रेरणाको स्रोतसँग साझेदारी गर्ने अवसर पाइँदैन।
ती सृजनकर्ता भाग्यशाली हुन् जीवनभर प्रेरणा दिने मानिसको सानिध्य प्राप्त गर्दछ र उसलाई साहित्य लेख्नको लागि घचघच्याइरहन्छ जब पनि ऊ उसको आस्था डगमगाउँदछ भर दिने मानिस उसले भेट्टाइरहन्छ।
लेख्ने काम सजिलो छैन। लेखेर मात्र जीवनयापन गर्न अझ धेरै गार्‍हो छ। आफ्नो शैली, आफ्नो भाषा र आफ्नो अलग पहिचान बनाउन निकै गार्‍हो छ। जुन देशको बहुसङ्ख्यक जनता गरीब र अनपढ छ, पाठकको सङ्ख्या अति न्यून छ, के लेख्ने काम त्यहाँ एक किसिमको ऐयाशी होइन ? यो प्रश्न प्रत्येक लेखकले आफैंसँग गर्नुपर्छ। यस प्रश्नको उत्तर पनि स्वयंले नै दिनुपर्दछ। यस्ता शङकाहरूले लेख्ने काममा भाँजो हाल्नुहुँदैन, लेख्नुपर्दछ र विश्वासपूर्वक लेखिरहनुपर्छ। यसो नगर्ने हो भने साहित्य लेखन कहिल्यै हुने नै छैन।
वास्तवमा साहित्यले समाजलाई समृद्ध बनाउँछ, सुसंस्कृत बनाउँछ।
साहित्य नभएमा हामीलाई स्वतन्त्रताको मूल्य थाहा हुँदैन, खासगरी जब कुनै तानाशाहको पाइतालामुनि हामी च्यापिएका हुन्छौं। साहित्य जीवनको एउटा सशक्त अभिव्यक्ति हो र राजनीतिलाई जीवनबाट अलग गर्न सकिंदैन। साहित्यले हामीलाई सौन्दर्य र प्रसन्नताको सपनामा मात्र डुलाउँदैन, यसले हामीलाई हरेक किसिमका दमन विरुद्ध सचेत गराउँदछ। यदि यस्तो नहुँदो हो त सत्तामा बसेकाहरूले यसलाई प्रतिबन्धित गर्ने कुरो नै सोच्दैनथ्यो। जसले जन्मदेखि लिएर मृत्युसम्म जनताको जीवनलाई नियन्त्रित गर्न चाहन्छ त्यस्ताले यसकारण स्वतन्त्र विचार बोकेका लेखकहरूका कृतिहरू जनताको आँखाभन्दा टाढा राख्नको लागि सेन्सरसीपको प्रावधान गर्दछ। जनता जागरुक भएमा तिनीहरूसँग प्रश्न सोध्नेछन्। जसको उत्तर दिन तिनीहरू चाहँदै–चाहँदैन। रचनाकारहरूले पाठकलाई ज्ञात गराउँदछ संसार धेरै सुन्दर र समृद्ध बनाउन सकिन्छ। जब जनताले यो कुरा बुझ्छ तब तानाशाहीहरूको खोटो टक (सिक्का) चल्न सक्दैन। साहित्यको प्रभाव भेदभावबिना सबै मानिसलाई प्रभावित गर्दछ। प्रत्येक युगको आफ्नो भयङकरता हुने गर्दछ। हाम्रो युग फैनेटिक मानिसको हो। यो सुसाइडल बम, टैरिस्टिको युग हो। जसले सोच्दछ ऊ सत्यको ठेकेदार हो उसैद्वारा प्रतिदिन सम्पूर्ण विश्वमा असङ्ख्य मानिसलाई बलि चढाउने गरेको छ।
साहित्य सबै किसिमको राष्ट्रवादको विरुद्धमा हुन्छ। धर्मलाई पनि सङकीर्ण दृष्टिकोणको वाहक मान्दछ।
राष्ट्रवादले नश्लवादलाई प्रोत्साहित गर्छ। बौद्धिकतालाई नष्ट पार्दछ। इतिहास साक्षी छ यसले कसरी मनुष्यतालाई समाप्त पारेर नरसंहार गरेको छ। विश्वयुद्ध र थुपै देश यसको उदाहरण हो। संहारक र विस्फोटक सङकलन गर्नमा जुन धन खर्च हुने गरेको छ, त्यो धन स्कूल, पुस्तकालय र अस्पताल बनाउनमा लगाउनुपर्ने थियो। आफ्नो जन्मभूमि प्रति माया र ममता एउटा कुरो हो र अन्ध राष्ट्रवाद अर्को कुरा हो।
जहाँ हामीले जन्म लिएका छौं। जहाँ हाम्रा पूर्वज रहेका थिए, हाम्रो सपना बनेको छ, प्रियजन बसेका छन्। त्योसँग जोडिएको मीठो स्मृतिहरू हामी जहाँ बसेपनि हामीसँगै रहन्छ। जन्मभूमि प्रतिको ममता हाम्रो हृदयमा सधैं रहन्छ।
वाल्यावस्थादेखि नै साहित्यले स्वर्गको अनुभूति दिन्छ। राम्रा पुस्तकहरूको अध्ययनले अप्ठ्याराहरूसँग जुध्न सहयोग गराउँछ। वरपरको कटुता, एकाकीपनलाई किताबको संसारमा रमाउँदा भुल्न सकिन्छ। कल्पनाको संसार मन पराउन थालिन्छ। कल्पनाको संसारमा स्वतन्त्र र प्रसन्न बन्न पाइन्छ। विद्रोह, पलायन, विरोध र बाँच्ने प्रयास साहित्य बन्न पुग्दछ। साहित्य लेखनले निराशा हटाउँछ।
साहित्य लेखनले अपूर्व शान्ति प्राप्त हुन्छ। जीवनको लक्ष्य देखा पर्दछ। लेख्दाखेरी रूखोपन पनि आउँदछ, त्यस्तोमा कल्पना अनुर्वर बन्ने गर्दछ।
वास्तविक साधकले एउटा रचन च्न महिनौं बर्सौं लगाउने गर्छ। यस्तोमा आनन्द प्राप्त हुन्छ। प्रारम्भमा सबै कुरा अनिश्चित रहन्छ, लेखक बेचैन र उत्साहित बन्दछ अनि विस्तारै–विस्तारै यसले आकार लिन थाल्दछ। जब लेखन अघि बढ्दछ आफैं सबै कुरा स्वाभाविक बन्दै जान्छ। लेख्नु भनेको रति सुख जस्तै हो। दिन, हप्ता, महिनौं कुनै युवतीलाई निरन्तर माया गर्दै रहनु जस्तै हो। साहित्य जीवनको मिथ्या प्रतिनिधि हो जसले हामीलाई जीवन राम्ररी बुझ्न सहायता गर्दछ। वास्तविक जीवनमा फ्रस्टेशन र कमीहरूको क्षतिपूर्ति गर्दछ। हामी जन्मन्छौं, बाँच्छौं र मर्दछौं, यथार्थ जीवन हामीमा जुन विडम्बना र फ्रस्टेशन देखा पर्छ, त्यसका लागि साहित्य एक किसिमको मलहम, एक किसिमको सट्टा भर्ना हो। साहित्यको कारणले नै धेरैजसो मानिसले जिन्दगीको दुरुहतालाई आंशिक रूपमा भएपनि बुझ्दछन्। खासगरी त्यस्ता मानिस जसले आफ्नो विचारबाट शङका उत्पन्न गर्दछ त्यस्ताको लागि साहित्य भन्दा ठूलो कुनै पनि शरण लिने स्थल हुन सक्दैन। साहित्य लेख्न वा पढ्न जे गर्दा पनि लाभैलाभ छ। साहित्यले हामीलाई बाँच्ने तरिका सिकाउँछ। जिन्दगी बुझ्ने अवसर प्रदान गर्दछ।
साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्दछ भनी  सिकाउँदछ। जिन्दगीमा जे हुनुपर्ने हो त्यसतर्फ इङिगत गर्दछ। हामीभित्र लक्ष्य भेट्टाउने आकाङ्क्षा जगाउँछ। हाम्रो पूर्वजका जीवन धेरै अप्ठ्यारो थियो। यस कुराको कल्पना वर्तमानमा साहित्यमा लेखिन्छ। हाम्रा पूर्वजहरूका सम्मुख एउटा अज्ञात र खतरै–खतराले भरिएको संसार थियो। उनीहरूलाई आवश्यक भोजन, प्रकृतिको अप्ठ्यारोबाट रक्षा, शिकार र सम्भोग नै जीवन लागेको हुँदो हो।
जीवन सपना, प्रसन्नता र कल्पनाको उडान, एउटा आन्दोलनकारी योजना बन्यो होला। जीवन जिउने लालसा, परिवर्तन गर्ने चाहना, राम्रो बनाउने इच्छाले महत्त्वाकाङ्क्षा जन्मियो होला।
वरपरका रहस्यहरूको भेदले फंतासी रचना गर्ने इच्छा जागृत भएको हुनुपर्छ। र जब लेखन प्रारम्भ भयो, तब यो कहिल्यै नरोकिने प्रक्रिया अझ समृद्ध भयो, अर्थात् साहित्यमा स्थायित्व आयो । साहित्य मनोरञ्जनभन्दा धेरै कुरो हो, यो बौद्धिक कसरत मात्र होइन। यसले संवेदनालाई तिखार्छ र आलोचनालाई जागरुक बनाउँदछ।
सभ्यताको अस्तित्व कायम राख्नको लागि साहित्यको एकदम आवश्यकता पर्दछ।
हामीभित्र जुन सर्वोत्तम छ, त्यो बचाउन र सम्हाल्नका लागि साहित्य हुनु एकदम आवश्यक छ। किनभने पुन: हामी एकाङकीपनको पशुतातर्फ नफर्कियौं, जीवन विशेषज्ञहरूको प्रयोजन मुलुकमा खुम्चिएर नरहोस्, जहाँ वस्तुलाई एउटा खास कुनाबाट मात्र हेर्ने गरिन्छ। वातावरणमा त्यसको वरपर, अगाडि पछाडि जे जति हुन्छ उपेक्षापूर्वक छाड्ने गर्दछ।
जुन मशिन मानिसको सुख सुविधाको लागि अविष्कृत गरिएको छ हामी त्यसको गुलाम बन्नुभएन। साहित्य नभएको संसार इच्छाविहीन, आदर्श नभएको अश्रद्धाको हुनेछ। रोबोटको संसार हुनेछ । साहित्यले हामीलाई गन्तव्यमा पुर्‍याउँछ, हामीलाई अरूसँग सम्पर्क गराउँदछ। यसले हाम्रो सपनालाई साकार गर्ने शक्ति  दिन्छ। यसले हामीलाई डरलाग्दो, आलस्य र आत्मतल्लीनतामा डुब्नबाट बचाउँछ। कुनै अरू कुरोले हामीलाई यति व्याकुल बनाउँदैन, हाम्रो जीवनमा, हाम्रो कल्पनामा खल्बली ल्याउँदैन, जति साहित्यले ल्याउँछ। साहित्यले जीवनमा मिथ्यालाई जोड्दछ जसको कारण हामी महान रोमाञ्चक यात्राको नायक बन्दछौं, यसले हामीलाई त्यो महान् आवेग दिन्छ जुन वास्तविक जीवनमा हामीले कहिल्यै प्राप्त गर्न सक्दैनौं।
साहित्यको यो अमृत, यो असत्य पाठकद्वारा सत्यमा परिणत हुन्छ। पाठकलाई लालसाको सङ्क्रमण लाग्दछ र जिन्दगीको मिडियोक्रिटीमा सधैं प्रश्न गर्न थाल्दछ।
यसले हामीमा आशा जगाउँदछ कि हामी त्यो बनौं जो छैनौं, हामीसँग त्यो होस् जे छैन। यसले एउटै समयमा हामीलाई अमत्र्य र मरणशील दुवै बनाउँछ।
हामीमा विद्रोह जगाउँछ, सम्पूर्ण बहादुरीको कार्यको पछाडि जसको हात  हुन्छ। जुन बहादुरीले गर्दा मानिसको सम्बन्ध थोरै क्रूर भएको छ, अत्याचार घटेको छ। अत्याचार घटेको छ तर समाप्त भएको छैन। सौभाग्यले साहित्य कहिल्यै समाप्त हुँदैन यो अधूरो छ। यसकारण लेखन कार्य बढिरहेछ।
साहित्य लेखन गर्नेले सपना देख्न, पढ्न र लेख्न कहिल्यै छाड्नुहुँदैन।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप