हामीमा धेरै आयो परिवर्तन !

धरानमा युवती भन्छन्- पहिलाको ‘हामी’ र अहिलेको ‘हामी’ मा निकै परिवर्तन आयो (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १९

धरानः धरानकी स्वेता भुजेलले एक महिनासम्म लिइएको तालिमले युवतीको व्यक्तित्व विकासमा धेरै प्रभाव पारेको बताइन् ।
‘शुरुको म र अहिलेको म मा धेरै फरक पाएको छु’, स्वेताले भनिन्, ‘व्यक्तित्व विकास, महिला सशक्तिकरणलगायतका अन्य धेरै तालिमले आफूमा कन्फिडेन्ट लेवल पनि बढेको छ ।’
यस्तै, संखुवासभाकी दुर्गा श्रेष्ठ, उदयपुरकी अम्विका राई, धनकुटाकी रेशु लिम्बू, मोरङकी सविना राई, धनकुटाकी झरना लिम्बू, ताप्लेजुङकी जमुना लिम्बू, धनकुटाकी रचना लिम्बू, सुनसरीकी लक्ष्मी मगर, भोजपुरकी मिश्रा राईलगायतले पनि आफूहरुको व्यक्तित्व विकास भएको बताए ।
उनीहरुले महिला सशक्त हुनका लागि अध्ययन साथसाथै आत्मविश्वास र आत्मनिर्भर रहनुपर्नेलगायतका ज्ञान सिकेको बताए । आफूहरुलाई यस्ता प्रशिक्षणले बोल्न सक्ने, ऐन–नियमबारे पनि जानकारी लिएको बताए । ‘मानिसहरुको अगाडि बोल्न धकाउँथे, लजाउँथे,’ रेशुले भनिन्, ‘क्यामेराको अगाडि पनि बोल्न सक्ने भएकी छु ।’
सहजकर्ता सदन माविकी शिक्षिका एवं महिला नेतृ वेणु काफ्लेले महिला सशक्त हुनका लागि आन्तरिक क्षमता बढाउन जरुरी रहेको बताइन् । ‘बाहिरी रुप भनेको आकर्षित गर्ने मात्रै हो’, उनले भनिन्, ‘भित्रीरुप सिङ्गार्नका लागि आन्तरिक क्षमता चाहिन्छ, त्यसका लागि अध्ययन, सीप र आत्मविश्वास बढाउनै पर्छ ।’
पूर्वाञ्चल बागिना कला केन्द्र धरानद्वारा आयोजित मिस स्टेट–१ सिजन–३ का सहभागीहरुका लागि बिहीबार महिला सशक्तिकरणसम्बन्धी तालिम दिइएको हो ।
धरानको नवयुग होटलको हलमा भएको तालिममा प्रशिक्षक काफ्लेले महिला सशक्तिकरण के हो, सशक्तिकरण किन आवश्यक छ, सशक्तिकरण विशेष गरी आर्थिक, सामाजिक, पारिवारिक र राजनीतिक क्षेत्रमा आवश्यक हुन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिएकी थिइन् ।
मिस स्टेटका सहभागीहरुलाई महिला सशक्तिकरणको बारेमा ज्ञान प्रदान गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको कलाकेन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए । विभिन्न क्षेत्रको ज्ञान लिने क्रममा १३ जना सहभागीहरु बन्द प्रशिक्षणमा रहेका छन् । सहभागीहरुले तालिम निक्कै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।
तस्वीर, भिडिओः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप