कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा पर्ने पहिलो नेपाली !


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १९

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । यो सुचीमा पर्ने किरणनै पहिलो नेपाली फुटबल खेलाडी हुन् ।

नेपालले उनकै कप्तानीमा यसै साता थ्री नेसन्स कप जितेको थियो।  जुन नेपालले आफ्नो घरेलु मैदानमा ३७ वर्षपछि जितेको उपाधि हो ।

नेपालले दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको थियो । समूह चरणमा किर्गिस्तान यू–२३ र बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा आएर गोलविहीन यात्रालाई आठौं खेलमा पूर्णविराम लगाएको थियो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् ।

फोटो: एएफसी

मनोनयन सार्वजनिक गर्दै एएफसीले वेबसाइटमा लेखिएको छ, ‘नेपालले यो साताको अन्तर्राष्ट्रिय विन्डोसम्ममा आइपुग्दा सन् २०१९ देखि गोल नगरेको अवस्थामालाई अन्त्य गर्दै आत्मविश्वास वृद्धि गऱ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौँमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा रहेका गोलकिपर एवम् कप्तान किरण चेम्जोङले तीन खेलमा एक गोल खाँदै दुई खेलमा ‘क्लिनसिट’ राखे यधपी तीनमध्ये दुई टोलीमात्र पुर्ण रुपमा राष्ट्रिय टोली थिए– जुन अवसरमा विराज महर्जनले आफ्नो बिदाइ भव्य रुपमा पाए।’

दुई वर्षअघि कप्तान बनेका किरणले त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जहाँ राउन्डग्लास पञ्जाबका लागि १४ खेलमा ७ ‘क्लिनसिट’ राखेका थिए ।

किरणसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमन, साउदी अरेबियाका सलेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् ।

पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० खेलाडीको छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गरिने भोटको आधारमा विजेताको चयन गरिनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप