अप्रिल फुलः तपाईलाई झुक्याउलान् है !


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १९

अप्रिल महिनाको पहिलो दिन मान्छेहरुलाई मुर्ख बनाउने चलन रोम र सेल्टबाट भेर्निज युकिनक्सको समयबाटै सुरु भएको मानिन्छ ।
छिमेकी भारतमा पनि मान्छेलाई मुर्ख बनाउने खास पर्वहरु छन् । फ्रेन्चहरु अप्रिल फस्टकै दिन मान्छेहरुलाई मुर्ख बनाउँछन् ।
तर उनीहरु अप्रिल फिस भनेर यो दिनलाई रोचक ढंगले मनाउँछन् । तर अप्रिल फुलमा गम्भिर प्रकारका ठट्यौली गरिन्न । यो दिन अरुलाई आतंकित पार्ने र धेरै कष्ट र पिडा दिने खालका झुटको चलन कहिँ पनि छैन ।
बिबिसी टेलिभिजनले सन् १९५७ अप्रिल प्रथमका दिन स्विजरल्याण्डमा स्पागेटीको खेती नामक भ्रामक समाचार बनाएर दुनियाँलाई उल्लु बनायो । वास्तवमा मैदाको पिठोबाट बनाइने चाउमिन जस्तै रेसादार खाने कुराको नाम हो, स्पागेटी ।
बिबिसीले दृश्यसहितको यो समाचार प्रसारण गरिसकेपछि बिबिसीको अफिसमा दुनियाँले फोन गरे र यस्तो स्पागेटी फल्ने विरुवा आफुहरु पनि खरिद गर्न इच्छुक रहेको बताए । बेलायतमा स्पागेटीलाई आजका दिनमा पनि उच्चस्तरको भोजन मानिन्छ ।
संसारका अरु भागमा जस्तै बेलायतमा यो दिन विहानै मान्छेलाई ढाँटिन्छ र जो ढाँटिन्छ, त्यसलाई ‘अप्रिल फुल’ भनेर चिच्याएर उल्लु पार्ने काम हुन्छ तर जसले दिउँसो ढाँट्ने प्रयास गर्छ, त्यसलाई नै ‘फुल’ ठानिन्छ ।
अप्रिल फस्टमा मात्र होइन, संसारका विभिन्न देश जस्तै भारत, इरान, पोल्याण्ड र अर्जेन्टिना र ब्राजिलजस्ता देशमा पनि ‘मुर्ख बनाएर’ रमाइलो गर्ने चलन छ । अप्रिल फस्टका दिन ‘अस्ट्रेलियाको हार्बर पुल’ बेच्ने भन्दै कतिपयलाई मुर्ख बनाइने पनि गरेको छ ।
। अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो । अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो ।
जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले । अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।
सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो । तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए । जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ । १६ औं शताब्दीमै अप्रिल महिनालाई नयाँ वर्षका रुपमा युरोपमा अश्विकार गरिए पनि बिक्रम सम्वतमा भने यहि महिनामा नयाँ वर्ष पर्छ । अर्थात वैशाख महिना बिक्रम सम्वतको पहिलो महिना हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप