धरानमा पहिलोपटक वडामा स्वास्थ्य केन्द्र

आफ्नै भवनबाट निःशुल्क स्वास्थ्य सेवा, सुत्केरीलाई ५ हजार रुपैयाँ बराबरको पोषणयुक्त खानेकुरा निःशुल्क दिइने


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १८

धरानः धरानमा पहिलोपटक वडामा स्वास्थ्य केन्द्रको भवन बनेको छ ।
धरान–१३ मा वडा कार्यालयले आफ्नै आधारभूत स्वास्थ्य केन्द्र भवनको निर्माण गरेको हो । धरान उपमहानरपालिकै स्वामित्वमा रहेको खाली जग्गामा स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । साढे २९ लाख रुपैयाँको लगानीमा तीनकोठे भवन बनेको हो । त्यहाँ तीनवटा बेडसमेत राखिएको छ । बिरामीका लागि स्लाइनपानी दिने व्यवस्था समेत उपलब्ध छ । वडाध्यक्ष नेत्र काफ्ले आगामी दिनमा अक्सिजन प्लान्ट समेत राख्ने योजना रहेको कार्यक्रमस्थलमै सुनाए ।
बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले स्वास्थ्य केन्द्रको समुद्घाटन गरेका थिए ।
वडाध्यक्ष काफ्लेले राज्यको ‘एक वडा एक स्वास्थ्य केन्द्र स्थापना’ नीतिअनुसार आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको बताए । उनले स्वास्थ्य केन्द्रबाट बिरामीको स्वास्थ्य जाँचसँंगै सरकारबाट पाउने सम्पूर्ण औषधीहरु निःशुल्क उपलब्ध हुने समेत बताए । वडाध्यक्ष काफ्लेले सुत्केरी महिलाहरुका लागि वडा कार्यालयको पहलमा ५ हजार रुपैयाँ बराबरको पोषणयुक्त खानेकुरा समेत निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको बताए ।
स्वास्थ्य केन्द्रकी अनमी दीपकला राईले अहिले दैनिक २० देखि २५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिँदै आएको बताइन् ।
कार्यक्रममा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि सहयोग पुरयाउने महानुभावकहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । अध्यक्ष काफ्लेले वडा कार्यालयले बाल सञ्जालको भवन समेत निर्माण गरिएको जानकारी दिए । तस्वीरः दिव्यरोशनी, गोपाल श्रेष्ठ

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप