‘फूलबुट्टे सारी’ को पञ्जाबी भर्सन पनि उस्तै लोकप्रिय (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १८

धरानः गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ को लोकप्रियता बढ्ने क्रम जारी छ।
मेल, फिमेल, चाइल्ड तथा लिजेन्ड्री भर्सनको फूलबुट्टे सारीले दर्शक तथा स्रोताको मन जितेकै हो । ती भर्सनमा क्रमशः मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटी तथा मदनकृष्ण श्रेष्ठको स्वर छ । टिकटकमा यो गीतका हजारौं भिडियो बनेका छन् ।
यूट्युबमा पनि यसका कभर भिडियोको संख्या सयौं छन् । केही अघि यूगान्डाकी गायिका बियोन्सेले यही गीतलाई अफ्रिकी भर्सन भन्दै गाइन् र भिडियो बनाएर यूट्युबमा शेयर गरिन् । उनले कभर गरेको सो गीतको भिडियोले नै झन्डै ४० लाख भ्यूज पाइसकेको छ ।
यो गीतको भर्सन निर्माणको क्रम यतिमै रोकिएको छैन । अघिल्लो सातामात्रै भारतीय गायक लकी सिद्धूले यो गीतको पञ्जाबी भर्सन भन्दै नयाँ भिडियो सार्वजनिक गरेका छन् । बेलायतमा बसोबास गर्ने यी पञ्जाबी गायकले गाएको सो भिडियोले पनि एक लाख बढी भ्यूज पाइसकेको छ ।
लण्डनमा निर्माण गरिएको यो पञ्जाबी भर्सनको गीतमा गायक लक्की सिद्धूले स्वर दिएका छन् भने भिडियोमा उनी आफैं प्रस्तुत भएका छन् ।
सिद्धू लण्डनमा बसेर पञ्जाबी गीत–संगीत सिर्जना गर्छन् । लक्की सिद्धूका पञ्जाबी गीतहरु पनि लोकप्रिय छन् । गीतको भिडियोमा लक्की सिद्धूसँगै गिटारमा प्रज्वल देखिएका छन् । गायक सिद्धूले उक्त गीतको भिडियो यूट्युबमा शेयर गर्दै आफूले जीवनमै पहिलो पटक नेपाली गीत गाउने कोशिस गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्–‘यो क्रममा म निकै रमाएँ । कलाई आशा छ यहाँहरुलाई हाम्रो यो प्रयास मन पर्ने छ ।’ गायक सिद्धूले उक्त गीतको भिडियो यूट्युबमा शेयर गर्दै आफूले जीवनमै पहिलो पटक नेपाली गीत गाउने कोसिस गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्–‘यो क्रममा म निकै रमाएँ । मलाई आशा छ यहाँहरुलाई हाम्रो यो प्रयास मन पर्नेछ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप