धरानमा मिस स्टेटका सहभागी युवतीलाई पत्रकारिता र जीवउपयोगी सीप


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १७

धरानः धरानमा मिस स्टेट–१ सिजन–३ का सहभागीहरुलाई मङ्गलबार आधारभूत पत्रकारिता र जीवनउपयोगी सीपसम्बन्धी तालिम सम्पन्न भएको छ ।
धरानको नवयुग होटलको हलमा भएको तालिममा सहजकर्ता पत्रकार देवेन्द्र कार्कीले पत्रकारिता, समाचार, समाचारको ढाँचा, समाचार उत्पादन र जीवन उपयोगी सीपबारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
मिस स्टेटका सहभागीहरुलाई पत्रकारितासम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको कलाकेन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
विभिन्न क्षेत्रको ज्ञान लिने क्रममा १३ जना सहभागीहरु बन्द प्रशिक्षणमा रहेका छन् । सहभागीहरुले तालिम जीवनोपयोगी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन । मिस स्टेटका सहभागीहरु अहिले एकमहिने प्रशिक्षणमा रहेका छन् । प्रशिक्षण अवधिभर शिक्षा, स्वास्थ्य, पर्यटन, पत्रकारिता, महिला सशक्तिकरण, भाषणकला, उद्घोषणकला, ब्यक्तित्व विकास आदिको बारेमा प्रशिक्षण दिइने कलाकेन्द्रका अध्यक्ष राईले जानकारी दिए ।

प्रतियोगिताको आयोजना पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । उनी सामाजिक क्षेत्रमा सक्रिय वित्तीय क्षेत्रमा विभिन्न संघसंस्थामा संलग्न रहेकी छिन् ।
यस्तै, सहप्रायोजनमा बराह ग्रुप रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि रहेको छ ।
यस्तै, एजुकेशनल पार्टनर मेघा कलेज धरान र अफिसियल हाम्रो कोशी आवाज डटकम, रेडियो धरान, दन्तकाली एफएम रहेका छन् ।
बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप