धरानमा होलीको उल्लास

थोरै युवापुस्ता र बालबालिका मात्रै दिल खोलेर रमाए, (बिहानदेखि साँझसम्मको होलीको रौनकको ६२ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १६

धरानः धरानमा होलीको उल्लास छाएको छ । तर यसपटक विशेषतः कोरोना महामारीको त्रासकै कारण होली नखेलेको अधिकांशको भनाइ छ । बिहानैदेखि युवायुवती वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे ।
अघिल्लो वर्ष पनि होली कोरोनाकै कारण निकै प्रभावित भएको थियो । यसपटक दिल खोलेर रमाउन नपाएको धरान–१५ की सम्झना लिम्बूले बताइन् । ‘खासमा भन्ने हो भने यसपटक कोरोनाकै कारण पनि भानुचोक, छातोचाकलगायत अन्य चोकचोकमा पनि युवापुस्ताको जमघट कम नै रह्यो’, उनले थपिन्, ‘त्यस्तै, भानुचोकमा आयोजना हुने कन्सर्टलगायत अन्य सांगीतिक कार्यक्रम कम भएकोले पनि युवापुस्ताको कम उपस्थिति रह्यो ।’
यसपटक कोरोनाको दोस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले होली घरमै खेल्न आग्रह गरेको थियो । सोहीअनुसार अधिकांश धराने युवापुस्ता, बालबालिका र वृद्धवृद्धाले घरमै पनि परिवारबीच होली खेलेर रमाइलो गरेका थिए । तस्वीरहरुः हाम्रो कोशी आवाज 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप