प्रदेश १ मा तेस्रोपटक मन्त्रीपरिषद् विस्तार

६ वटै मन्त्रालयले पायो ‘फूल मन्त्री’


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १३

विराटनगरः प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् ।
मन्त्रिपरिषद्का सदस्यले शुक्रबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बाट शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार मन्त्रीसहित दुई राज्यमन्त्रीले सपथग्रहण गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल-नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर मन्त्री बनेका छन् । टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन् । कला घले र राजकुमार ओझाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा भए भने अम्बिरबाबु भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् ।
सर्वोच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डलमा संकटको बेला सहयोग गरेकालाई प्राथमिकता दिइएको छ ।
गत पुस १२ गतेयता मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा र हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।
राजनीतिक रस्साकस्सीको तीन महिनापछि मुख्यमन्त्री राईले सामाजिक विकास, आर्थिक मामिला, भौतिक पूर्वाधार र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश १ सरकारको मन्त्रिमण्डल शुक्रबार तेस्रो पटक पुनगर्ठन हुने भएको छ । सपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फूल मन्त्री’ पाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप