सुनसरी प्रशासन भन्छ- होलीमा भीड ‘नगर्नू’

नाकामा कडाइ


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ११

धरानः नेपाल–भारतको सीमा नाकामा कडाइसँगै नजिकिँदै आएको फागू पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भीडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ।
सूचना जारी गर्दै निकट रहेको फागु पूर्णिमा (होली) को अवसरमा भीडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । कोरोनाको सम्भावनालाई मध्यनजर गरी पहिला सञ्चालनमा रहेका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुबााट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरुलाई आवश्यक तयार गराउन आग्रह गरिएको छ ।
संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्न र स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्न अनुरोध गरिएको छ ।
सुनसरी प्रवेश गर्ने नाकामा प्रवेश गर्ने यात्रुहरूलाई स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने सूचनामा जनाइएको छ ।
गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा सोमबार पठाएको पत्रमा कोरोना संक्रमण बढ्न नदिन आम नागरिकहरूलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने तथा थप सावधानी अपनाउन निर्देशन आएकोले सोही बमोजिम यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।
पछिल्लो समयमा भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । ती आठ राज्यमा दैनिक ४० हजारभन्दा बढी कोरोनाका संक्रमित थपिँदैछन् । ती राज्यमा कोरोनाको दोस्रो लहर देखिएपछि सीमा नाकामा कडाइसँगै रोजगारीमा भारत गएका नेपालीहरू पनि अहिले धमाधम स्वदेश फर्किन थालिसकेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप