आज लकडाउनको एक वर्ष

फेरि लकडाउनकै चर्चा

के साँच्चै लकडाउन हुने नै हो ? यस्तो छ तयारी !


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ११

धरानः २०७६ चैत ११ गते देशभर लकडाउन भयो । मानिस घरभित्र नै थुनिए । कोरोनाका कारण सबै थुनिएका हुन् ।
लकडाउन भएको आज एक वर्ष पूरा भइसकेको सकेको छ । आधा वर्षभन्दा बढी समय नेपालीले लकडाउन खेपरैै बिताए । एक वर्ष बितिसक्दा फेरि छिमेकी राष्ट्र भारतलगायत अन्य देशहरुमा कोभिड संक्रमितको संख्या ह्वातै बढेको छ । त्यसो त नेपालमा पनि केही दिनयाता संक्रमितको संख्या तीन अंकमा पुगेको छ । दैनिक एक सयभन्दा बढी संक्रमित थपिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्रमा कोभिड १९ संक्रमितको संख्या बढेकाले नेपालमा पनि सतर्कता अपनाउनु अनुरोध गरेको छ । त्यस्तै, सभा समाहरो, सार्वजनिक भिडभाडका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । तराईका भारतसँग सिमा जोडिएका केही जिल्लामा २५ जनाभन्दा बढी मानिस भेला नगर्न समेत जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरिसकेका छन् ।
लकडाउन भएको एकवर्ष भएको समयमा नै फेरि लकडाउनको झल्को दिनेगरी संक्रमितको संख्या बढ्नु र प्रशासनले समेत सक्रियता देखाएकाले फेरि देशभर नै लकडाउन त हुने होइन भन्ने मानिसमा आशंका बढेको छ । सरकारले के साँच्चिकै लकडाउन गर्ने तयारी गरिरहेको त छैन ?
नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ्ले भने अहिले लकडाउन नै गर्ने विषयमा कुनै पनि तयारी नभएको बताएका छन् । ‘अहिले तत्काल नै लकडाउन गर्नुपर्ने देखिएको छैन। सरकारले लकडाउनको विषयमा अहिले सोचेको छैन। तर संक्रमितको संख्या र नाकाबाट मानिसको आवतजावतले गर्दा त्यसतर्फ ध्यान चाहिँ दिनुपर्ने देखिन्छ,’ मन्त्री गुरुङले भने ।
लकडाउनको समयमा सरकारले भारतसँग बन्द गरेका सीमा नाका केहीदिनअघि मात्र सञ्चालनमा ल्याएको छ । भारतबाट नाका हुँदै नेपालमा मानिस प्रवेश गर्न थालेपछि संक्रमण दर फैलिने सम्भावना झन् बढेर गएको छ ।
‘यस विषयमा चाहिँ ध्यानदिनु पर्ने छ। संक्रमण बढ्दै गए र मानिसले पनि सुरक्षाको उपायहरु अपनाउनु पर्ने देखिएको छ,’ मन्त्री गुरुङले भने ।
त्यस्तै, गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्रचार गर्दै कोभिड १९ संक्रमणलाई नियन्त्रण गर्न आवश्यक तयारी गर्न समेत अनुरोध गरेको छ । आवश्यक क्वारेन्टाइनदेखि नाकामा समेत कडाइ गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप