धरानमा खानेपानीको महसुल घट्यो

वर्षौदेखिको बिलम्व शुल्क पनि मिनाहा गर्ने निर्णय (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १९

धरानः धरान उपमहानगरपालिकाले खानेपानी संस्थान धरानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेपछि खानेपानीको महसुल घटेको छ ।
मर्ज गरेपछि धरानमा खानेपानीको महसुल पनि घटेको छ । उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर तिलक राईले खानेपानीको महसुल घटाइएको जानकारी दिए । धरान खानेपानी व्यवस्थापन बोर्डले लिँदै आएको २२० रुपैयाँ न्यूनतम महसुलबाट घटाएर १३० रुपैयाँ लिने निर्णय गरिएको जानकारी दिए । ‘बोर्डको गत १६ गते बसेको बैठकले हाल कायम रहेको महसुललाई समायोजन गरी खानेपानीको न्यूनतम महसुल १३० कायम गरिएको जानकारी गराउन चाहन्छु ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले गत आइतबार बसेको खानेपानी व्यवस्थापन बोर्डको बैठकमा खानेपानीको महसुल महंगो भएको जनगुनासो आएपछि महसुल घटाउन प्रस्ताव पेश गरेका थिए । बोर्ड बैठकमा खानेपानी महसुल घटनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
यस्तै, वर्षौदेखिको विलम्व शुल्क नलिने बोर्डले निर्णय गरेको उनले जानकारी दिए । ‘विलम्व शुल्क नलिने बोर्डले निर्णय गरिसकेको छ’, उनले थपे, ‘त्यो मात्रै होइन विगत १० औं वर्ष अर्थात् कति वर्षदेखि संस्थामा विलम्व शुल्क लाग्ने कारणले पैसा तिर्नुभएको छैन, त्यो आजदेखि उप्रान्त कति वर्षअघिदेखिको विलम्व शुल्क मिनाहा गर्ने बोर्डले निर्णय गरेको छ, त्यो मिनाहा हुन्छ र हामी नयाँ ढङ्गले अघि बढ्न चाहिरहेका छौं ।’ हेरौं भिडिओ:

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप